सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा जिल्ला जनगणना कार्यालय स्थापना !!

बैतडीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना २०७८ का लागी सदरमुकाम गोठलापानीमा कार्यालय स्थापना गरिएको हो । कार्यालयको बिहिबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । जनगणनाका लागी जिल्लामा चैत, बैशाख, जेठ र असार गरी ४ महिनासम्म कार्यालय रहने जिल्ला जनगणना कार्यालयका सहायक गणना अधिकारी मोहन ठगुन्नाले जानकारी दिनुभएको छ ।

कार्यालयका लागी केन्द्रिय तथ्यांक बिभागले जनगणना अधिकारी र सहायक जनगणना अधिकारी तोकेर पठाएका छ । कार्यालयका लागी आबश्यक अन्य जनशक्ति जिल्लाका बिभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई काजमा ल्याईने बताएईएको छ । यस्तै जिल्ला जनगणना कार्यालयसंगै सदरमुकाम गोठलापानी, दोगडाकेदार, पाटन र मेलौली गरी ४ ठाउँमा अगामी बैशाख १ गतेदेखी स्थानिय जनगणना कार्यालयहरु स्थापना हुने उहाँको भनाई छ । त्यी कार्यालयहरु ३ महिनासम्म जनगणना सम्बन्धित काम गर्ने छन ।

Sana Kishan

जिल्लामा राष्ट्रिय जनगणना २०७८ का लागि ४ सय १० जना जनशक्ति जनशक्ति आवश्यक पर्ने भएको छ । सुपरिवेक्षक ८४ जना र गणक ३ सय २६ जना गरी उक्त संख्यामा जनशक्ति परिचालन हुने जिल्ला जनगणना कार्यालय बैतडीले जनाएको छ । सुपरिबेक्षकहरुले नेपाल सरकारको नायब सुब्बा स्तरको २ महिना बराबरको र गणकहरुले खरिदार स्तरको १ महिनाको सेवा सुबिधा पाउने छन । गणकले मुख्य गणक भएर काम गर्ने र सुपरिबेक्षकले सुचिकरण तथा सामुदायीक प्रश्नावली भर्ने काम गर्नेछन ।

World Link Ads
Mahakali Polytechnic

सुपरिबेक्षकहरुलाई जिल्ला जनगणना कार्यालयमा ७ दिन र गणकहरुलाई स्थानिय जनगणना कार्यालयमा ६ दिनसम्म तालिम दिईने छ । सुपरीवेक्षकहरूले २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । जनगणनाको मुख्य काम घरमा पुगेर गणकहरूले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गरिने भएको छ । यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । देश संघीयतामा गएपछि पहिलो पटक जनगणना हुन थालेको हो । नेपालमा व्यवस्थित र प्रणालीगत रूपले जनगणना गर्न वि.सं १९६८ देखि सुरु भएको थियो । नेपालमा प्रत्येक १०–१० मा जनगणना गर्ने गरिन्छ । (जनक साउदले  रेडियो बैतडी  मा लेखेका छन्)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.