Bedkot Samudayik Ban

बैतडीमा विद्यालयमै पुगेर सचेतना फैलाउँदै प्रहरी !!

Sana Kishan
Total
52
Shares

बैतडीमा विद्यालयमै पुगेर प्रहरीले सचेतना दिने कार्यक्रमलाई निरन्तरता दिएको छ । समाजमा विभिन्न खालका अपराधहरु बढ्दै गएकाले ती अपराधहरु न्यूनीकरणका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Arus

समुदाय –प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका माध्यमिक विद्यालयहरुमा अन्तरक्रिया गर्ने र विभिन्न खालका चेतनामूलक कक्षाहरु सञ्चालन गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘समाजमा घरेलु हिंसा, बलात्कार जस्ता जघन्य अपराध बढीरहेका छन् । यस्ता घटनाहरुको न्यूनीकरण गर्न र दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि यो अभियान सञ्चालन गरेका हौं ।’

प्रहरी निरीक्षक हरिशरण भट्टको नेतृत्वमा प्रहरी टोली अहिले जिल्लाका विभिन्न विद्यालयमा पुगेर सचेतनामूलक कक्षा सञ्चालन गरिरहेको छ । यस्तै विद्यालयहरुमा विद्यालय–प्रहरी सम्पर्क समिति समेत गठन गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । सो समितिमा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेटिएको छ ।

अहिले सम्म ४० भन्दा बढी विद्यालयहरुमा यस्ता समिति गठन गरिसकिएको अधिकारीले जानकारी दिनुभयो । समितिले समाजमा भईरहेका आपराधिक क्रियाकलापका बारेमा प्रहरीलाई सूचना दिएर सहयोग गर्नेछ । सूचनाका आधारमा प्रहरीले आफ्नो कार्य अघि बढाउन सहज हुने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

समितिमा रहेका सदस्यहरुले समाजमा भईरहेका घरेलु हिंसा, लैगिंक हिंसा, बलात्कार जस्ता अपराधको बारेमा प्रहरीलाई जानकारी दिने र प्रहरी ती घटनाहरुमा कानुनी कारवाही गर्ने प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

Karnali Traders

प्रहरीले थालेको यो अभियानले समाजमा रहेका विकृति अन्त्य गर्नका लागि सहयोग पुग्ने जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो ‘विद्यालयमा विद्यार्थीहरुसंग गरिने अन्तरक्रियाले ठूलो सहयोग पुग्छ । समाजमा विकृतिका बारेमा उनीहरुलाई जानकारी भएमा यसलाई न्यूनीकरण गर्न उनीहरुले सहयोग गर्न सक्छन् ।’

प्रहरीले थालेको यो अभियानले समुदाय र प्रहरीबीचको सम्बन्ध पनि बलियो हुने क्याम्पस प्रमुख अवस्थीले बताउनुभयो । प्रहरी देख्ने बित्तिकै डराउने गरेकोमा पछिल्लो समयमा यस्ता खालका कार्यक्रमहरुले प्रहरी र नागरिकबीचको सम्बन्धलाई बलियो बनाएको उहाँले दाबी गर्नुभयो । (भगीरथ अवस्थीले ninglashainionline मा लेखेका छन्)

Total
52
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
52
Share