

बैतडीमा जातीय तथा सामाजिक छुवाछूत बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जातिय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ कार्यान्वयनको अवस्था र चुनौती बिषयक एकदिने अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको हो ।
दलित समाज विकास मंच र दलित महिला सचेतना समाजको आयोजनामा संचालित अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत बैतडीका न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, सरकारि वकिल कार्यालयका प्रतिनिधि, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, वार एसोसिएशन, पत्रकार, अधिकार कर्मी, गैर सरकारी संघ संस्थाका पदाधिकारी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम कसुर र सजाय ऐन २०६८ को कार्यान्वयनमा देखिएका चुनौती र वर्तमान अवस्थाबारे छ्लफल गरिएको थियो । सामाजिक रुपमा परम्परागत सोच मूल्य मान्यता रितिरिवाज रहेको तर पहिलाको भन्दा अहिले धेरै विभेद हुनेनगरेको र सचेतनाको कमिका कारण पुर्णरुपमा कार्यान्वयन हुन नसकिरहेको सहभागिहरुले धारणा राखेका थिए ।


समाज रुपान्तरण र विभेदरहित समाज निर्माणका लागि सबै तहका सरकार र सरोकारवालाहरुले जनचेतना जगाउन सचेतना मुलक कार्यक्रम ल्याउन पर्ने र दशकौँ देखि जरो गाडेको भेदभावलाइ हटाउन सबै पक्ष लाग्नु पर्नेमा जोड दिइएको थियो ।
समता फाउन्डेसनको सहकार्यमा संचालित कार्यक्रम दलित समाज विकास मंचका अध्यक्ष सरस्वती नेपालिको अध्यक्षतामा सम्पन्न भएको थियो । (रेडियो बैतडी बाट सभार)
