सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले बैठकको निर्णय : संसदीय बोर्ड गठन, विधान संशोधन गर्न कार्यदल

काठमाडौं : एमाले संसदीय दलको बैठकले विधान संशोधन गर्ने भएको छ। बिहीबार दिउँसो जारी बालुवाटारमा दलको बैठकले संसदीय दलको विधान संशोधन गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए बैठकले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार पार्न कार्यदल गठनसमेत गठन गरेको उनले बताए।

विधान संशोधन कार्यदलमा प्रमुख सचेतक विशाल भट्टराई, सांसद् शेरबहादुर तामाङ र विमला राई पौडेल रहेका छन्। बैठकले संसदीय दलको बोर्ड गठन समेत गरेको छ। बोर्डमा २७ जना रहनेछन् ।

Sana Kishan

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष आआफ्नो कित्तामा फर्किएका छन्। यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ – माधव नेपाल समूहमा गएका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ। माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष केपी ओली दुई समूहमा देखिएका छन्। नेपाल पक्षले ओलीले बोलाएको बैठकमा नजाने बताएपनि केही सांसदहरुले छुट्टाछुट्टै छलफल गरेका थिए। नेपाल पक्षका केही सांसद बालुवाटार बैठकमा सहभागी भएका छन् भने केही सांसद बीच बाटोबाटै फर्किएका छन्।

World Link Ads
Mahakali Polytechnic

पार्टीभित्र अन्तरविरोध देखिएकाले ओलीको पक्ष र विपक्षमा कति सांसद छन् भन्ने जानकारी राख्न पनि संसदीय दलको बैठक बोलाइएको ओलीनिकट स्रोतले जनाएको छ। (annapurnapost बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.