सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुर्व वन अधिकृत चन्द र संचार उद्यमी महताले ६ विगाहमा ड्रागनफलफुल खेती गर्दै

कञ्चनपुरमा पहिलो पटक ड्रागन फलफुल खेती गरिएको छ । जिल्लाको उत्तरी भेग भीमदत्त नगरपालिका ९ मटैनामा ड्रागन फलफुल खेती गरिएको हो ।

पूर्व वन अधिकृत रमेश बहादुर चन्द र संचारउद्यमी ज्ञानेन्द्र महताले सामुहिक रुपमा ड्रागन फलफुल खेती गरेका छन । प्रति विगाह ३५ हजारका दरले १० बर्षमा लागि ६ विगाह जमिन भाडामा लिएर ३० हजार बिरुवा रोपेका छन ।

विदेशबाट बिउ ल्याएर साढे सात हजार सिमेन्टका पोलमा खेती गरेका छन । प्रति एक पोलमा चार बिरुवा रोपिएका छन । मसिरतिर बिरुवा रोपिएका थिए । एक बर्षदेखि दुई बर्षको विचमा फलफल्छ ।

World Link Ads
Mahakali Polytechnic

गत बर्ष चैत्रदेखि कोरोना कहर रोकथामका लागि लकडाउन गरिएको थियो । लकडाउनका बेला केही गर्नुपर्छ भन्ने सोचका साथ उनीहरुले वेष्टर्नमल्टि एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि मार्फत ड्रागन खेती गरेका हुन ।

जिल्लामै पहिलो पटक ड्रागनखेती गरेका उनीहरुले बन्जड जमिन भाडामा लिएर खेती गरेका हुन । भने नेपालमा ठूलो परिमाणमा आफुहरुले खेती गरेको दावि गरेका छन । वेष्टर्नमल्टि एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र महताले उत्तरी भेगमा सम्भावना भएकाले ‘सिउँडी प्रजातिको बिरुवा’ ड्रागनखेती गरेको बताए ।

Sana Kishan

आत्मनिर्भर बन्नका लागि खेती गरिएको बताए । ‘पहिला हामीलाई केही थाह थिएन, ‘उनले भने, ‘बिस्तारै विज्ञसंग परामर्स गरेर खेती ग¥यौँ, ‘हामी वास्तविक कृषि क्रान्तिमा जुटेका छौँ, ‘उनले भने, ‘तर देशमा रहेका तीनै सरकारबाट कुनै अनुदान एव सहयोग पाएका छैनैँँ, अनुदान लिएर दुरुपयोग गर्नेलाई अनुदान र सहयोग पाईन्छ , हामीलाई पाईदैन ।

’ संचार उद्यमी समेत रहेका महताले कृषिमा प्रसस्त सम्भावना भएकाले यसतर्फ पनि अघि बढेको बताए । उनका अनुसार हाल प्रालिमा चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन । फलफुल बिक्रिगर्दासम्म ५० र बजारमा गईसकेपछि अप्रत्यक्ष रुपमा ३सयले रोजगारी पाउने बताए । हालसम्म ३ सय जनाले खेतीको अवलोकन गरेकाले फललागेपछि थप पर्यटक समेत आउने अपेक्षा राखे ।

वेष्टर्नमल्टि एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालिका अध्यक्ष एव पुर्व वन अधिकृत रमेश चन्दले हालसम्म २ करोड लगानी लागेको बताए । उनका अनुसार ५० लाख शेयरसदस्य र बाँकी बैक तथा वित्तिय सहकारी संस्थाबाट लगानी लागेको बताए । ‘शुरुवामा बढि लगानी लागेपनि पछि त्यसको प्रतिफल पाईन्छ, ‘उनले भने, ‘दुई बर्ष पछि मात्रै लगानी अशुल हुन्छ ।’

खेतीका लागि अझै क्षेत्रफल विस्तार गरिने उनले बताए । स्थानीय स्तरमा रोजगारी सृजना हुने, कृषिमा आधुनिकिकरण, आत्मनिर्भर र कृषि पर्यटनको विकास हुने उनले बताए । ‘ड्रागनखेती अवलोकनका लागि भ्यू टावर निर्माण गरिएको छ, ‘उनले भने, ‘यसलाई हामी कृषि पर्यटनका रुपमा पनि विकास गछौँ । स्वास्थ्यका लागि पोषणयुक्त ड्रागनको बहुमुखी उपभोग र फाईदा रहेको बताए । ‘उत्पादन भएपछि यसको स्वत बजार पाईन्छ, ‘उनले भने, ‘मात्र उत्पादन गर्नुसक्नुपर्छ ।’ उनले सबै स्थानीयलाई खेती गर्न समेत आग्रह गरेका छन । सिँचाई, किटनाषक औषधीको अभावल चुनौती रहेको बताए ।

भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले कृषि क्षेत्रमा गरिएको प्रयास राम्रो भएको बताए । वडाध्यक्ष नाथले नयाँ सोच विचारका साथ गरिएको खेतीले कृषिको आधुनिकीकरण हुने बताए । ‘काम गर्ने किसानलाई राज्यबाट अनुदान एव सहयोग पाईदैन, ‘वडाध्यक्ष नाथले भने, ‘अनुदान र किसानको लगानी जोखिमबाट बचाउँछु ।’ ड्रागन खेति क्षेत्रमा सिँचाईका लागि पोखरी समेत निर्माण गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.