Bedkot Samudayik Ban

माधव–झलनाथ पक्षका सांसद हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडे

Sana Kishan
Total
3
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद संसदीय दलको बैठक हाजिर गर्न बालुवाटार लागेका छन् । माधव–झलनाथ पक्षका सांसदको बैठकले संसदीय दलको बैठकमा हाजिर लगाएर फर्किने निर्णय गरेको हो । सोही अनुसार उक्त पक्षका स्थायी समिति सदस्य बाहेका सांसद बालुवाटार गएका हुन् ।

Arus

नेकपा एमालेको (माधव–झलनाथ) पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेको सांसद दीपक प्रकाश भट्टले जनाकारी दिए । बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठक अघि उनीहरु हेरिटेज गार्डेनमा भेला भएका थिए । यसअघि हिजो नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण आजको बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए ।

सांसद कृष्णभक्त पोखरेलका अनुसार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाललगायत स्थायी समिति सदस्य बाहेकका सांसदहरु दलको बैठकमा बालुवाटार जान लागेको जानकारी दिए । उक्त बैठकमा हाजिर लगाएर बहिस्कार गरिने पोखरेलले जानकारी दिए ।

Karnali Traders

संसदीय दलका नेता केपी शर्मा ओलीले बिहीबार ११ बजे बालुवाटारमा संसदीय दलको बैठक बोलाएका थिए । रातोपाटी

Total
3
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
3
Share