सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

झुलाघाट बजारको व्यापार व्यवसाय ठप्प : पलायन हुँदै व्यापारी !!

62
Sana Kishan

कोरोना कहरका कारण बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका छन् । भारतसंग सीमा जोडिएको सीमावर्ती बजार झुलाघाटका व्यापारी भारतीय ग्राहकमा निर्भर रहेपनि गएको एक बर्ष यता कोरोनाका कारण व्यापार व्यवसाय नै नभएपछि व्यापारीहरु पलायन हुन थालेका झुलाघाट बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष लवदेव जोशीले बताउनुभयो ।

कोरोना कहरका कारण गएको चैतदेखि बन्द भएको सीमा नाका गएको माघ २४ बाट खुलेको भएपनि व्यापार व्यवसाय भने चौपट भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘झुलाघाटका हामी व्यापारी भारतीय ग्राहकमा निर्भर छौं । गएको एक बर्षयता भारतीय ग्राहक आउन पाएनन् । त्यसैले हामी धेरै साथीहरु पलायन भईसकेका छौं ।’

Arus

झुलाघाटमा साना ठूला गरेर ४० भन्दा बढी व्यापारीहरु रहेका छन् । एक बर्ष अवधिमा १० जना झुलाघाटबाट पलायन भईसकेका जोशीले बताउनुभयो । झुलाघाटमा व्यापार व्यवसाय ठप्प भएपछि आफू अहिले महेन्द्रनगर सरेको उहाँले बताउनुभयो ।

Nepali Khaja
Karnali Traders

कोरोना कहरका कारण सीमावर्ती झुलाघाट बजारको व्यापार व्यवसाय ठप्प भएको छ । भारतको झुलाघाट, पिथौरागढ लगायतका क्षेत्रबाट सीमावर्ती नेपाली बजारमा ग्राहक आउने गरेका भएपनि कोरोनाका कारण ग्राहक आउन पाएका छैनन् ।

अहिले सीमा नाका खुला भएपनि व्यापार व्यवसाय भने तंग्रिन नसकेको झुलाघाटका व्यापारी जयसिंह भाटले बताउनुभयो । कोरोना कहरका कारण व्यापारीहरुको विचल्ली भएको उहाँले बताउनुभयो । सीमावर्ती क्षेत्रको व्यापार व्यवसायमा सुधार आउन नसकेपछि व्यापारीहरु पलायन हुने क्रम जारी रहेको भाटले बताउनुभएको छ ।

(ninglashainionline.com बाट साभार)

 

 

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.