सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

धनगढीको सोराइ होटेलमा कञ्चनपुरकी एक महिला मृत फेला !!

41
Sana Kishan

कञ्चनपुर, ०५ चैत्र । कञ्चनपुरको बेलडाँडी घर तथा बेलौरी माइतीघर भएकी एक महिला कैलालीको धनगढीमा रहेको सोराइ होटलमा मृत फेला परेकी छन् ।

केही दिनदेखि श्रीमान् सुर्जन रोकायासँगै होटलमा बास बसेकी कमला बिष्ट रोकाया गएराति होटलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Arus

घटनापछि प्रहरी टोलीले घटनास्थल सुरक्षित गरी थाप अनुसन्धान गरिरहेको कैलाली प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टको भनाइ छ ।

Nepali Khaja
Karnali Traders

मृतकका श्रीमान् सुर्जन रोकायालाई आवश्यक अनुसन्धानका लागि प्रहरीले निगरानीमा राखेको छ ।

उनीहरु लामो समयदेखि भारतको अमृतसर पञ्जाबमा होटल सञ्चालन गरी बस्ने गरेको र जग्गाको कारोबारका लागि हालै नेपाल भित्रिएको बुझिएको छ ।

मृतकका १ छोरा र १ छोरी छन् । दुवै जना छोराछोरी भने भारतको पञ्जाबमै रहेका छन् ।

 

 

(हरिश्चन्द्र बागले nepalbodh.com मा लेखेका छन्।)

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.