Bedkot Samudayik Ban

शिवनाथमा गाउँपालिका स्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सञ्चालनमा !!

Sana Kishan
Total
58
Shares

बैतडी-   बैतडीको शिवनाथ गाउँपालिकामा तेश्रो गाउँपालिकास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदको अध्यक्षतामा भएको प्रतियोगिता समुद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट प्रमुख अतिथी रहनु भएको थियो ।

Arus

प्रतियोगिता उद्दघाटन समारोहमा मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझा, शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्द, प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी लगायतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ । ६ महिला टीम र ६ पुरुष टीमले प्रतियोगितामा सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने टीमलाई २५ हजार नगद पुरस्कार, दोश्रो हुने टीमलाई नगद १५ हजार र तेश्रो हुने टीमलाई नगद १० हजार पुरस्कार वितरण गरिने अध्यक्ष साउँदले जानकारी दिनुभयो । स्थानीयस्तरमा रहेका खेलाडीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको शिवनाथ गाउँपालिकाले जनाएको छ ।

 

 

 

Karnali Traders

(ninglashainionline.com बाट साभार)

Total
58
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
58
Share