

दिपकराज भट्ट :– अमरगढी – डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालिकाले भुमि सम्बन्धि समस्या सामाधानको काम शुरुवात गरेको छ।
नेपाल सरकार द्वारा गठित उक्त आयोगले भुमि हिन दलित, भुमिहिन सुकुम्वाशी र अब्यवस्थित बशोवाशीहरुका समस्या सामाधान गर्ने उद्वेश्यले देशैभर आयोगका कार्यक्रम अगाडि बढाएको छ।

त्यस्तै आज अमरगढी नगरपालिका स्तरिय अभिमुखीकरण कार्यक्रम अमरगढी नगरपालिकाका नगर प्रमुख विश्वेश्वर प्रसाद ओझा विपिनको अध्यक्षतामा सम्पन्न भएको छ।


नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा आयोगका केन्द्रीय सदश्य अधिकारीको प्रमुख आथित्यमा तथा आयोगका डडेल्धुरा जिल्ला अध्यक्ष पदमराज विप्लपको विशिष्ट आथित्यमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा आयोगका विज्ञ सदश्य अमर पुनले कार्यक्रम बारे प्रस्तुती राखेका थिए।
कार्यक्रममा अमरगढी नगरपालिकाका वार्ड अध्यक्षहरु,कार्यपालिका सदश्यहरु ,डडेल्धुरा स्थित राजनितीक दलका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
अमरगढी नगरपालिकाले जनाएको छ।विभिन्न बिषयमा जिज्ञासा राख्दै सहभागी हरुले कार्यक्रम प्रभावकारि ढंगले अगाडि वढाउनु पर्ने धारणा राखेका थिए।
