सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मुख्यमन्त्री राईकी पत्नीले भनिन्, हामीले हेलिकप्टर चढ्दा तपाईँको टाउको दुखाइ किन ?

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी पत्नी जाङ्मु इन शेर्पाले आफ्नो माइतीघर जाँदा चार वटा हेलिकोप्टर लिएर सरकारी पैसा दुरुपयोग गरेको भन्दै विभिन्न मान्छेहरूले गलत प्रचार गरेको बताएकी छिन्।

केही समय अघि हेलिकोप्टर लिएर माइती गाउँ गएको तस्बिर जाङ्मुले नै आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्।उक्त पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरू आएका थिए । केहीले सरकारी पैसाको दुरुपयोग गर्दै हेलिकोप्टरमा ससुराली गएको आरोप समेत लगाएका थिए। त्यसको जवाफमा बुधवार सामाजिक सञ्जालमार्फत जाङ्मुले स्पष्टिकरण दिएकी हुन्।

Sana Kishan

‘यो त अति नै भो! झुटको खेतीमा रमाउने, सत्यको खोजी नगर्ने, अनि हावामा सबै दौडने! हो म मेरो श्रीमान माननीय मुख्यमन्त्री सहित हामी (मेरो परिवार सहित एक महिना अघि फागुन १३ गते)मेरो माइती गाउँ गएको साँचो हो। मेरो श्रीमान पार्टीको औपचारिक कार्यक्रममा भाग लिन जानु भएको हो। तर अरुले भने जस्तो चार वटा हेलिकप्टर लिएर सरकारी पैसा द्युरुपयोग गरेर होइन। मेरो परिवार निजी खर्चमा हेलिकप्टर लिएर आफ्नो गाउँ जानु भयो तपाईँको टाउको दुखाई किन?’

World Link Ads
Mahakali Polytechnic

जाङ्मुले धेरै झुटको खेती र धन्दा गर्ने ब्यापार किन गर्नु प¥यो भनी प्रश्न पनि उठाएकी छिन। उनले आफ्नो माइती भएकै गाउँमा श्रीमानको कार्यक्रम परेको र मुख्यमन्त्री आफ्नो व्यवस्थापनमा गएको र सँगै आफूहरु पनि गएको स्पष्टिकरण दिएकी छिन। केही समय अघि मात्रै मोडेल जाङ्मु र मुख्यमन्त्री राईबीच प्रेम विवाह भएको थियो।

 

(ramailosandesh.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.