सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गोदावरी १० खमौरावाट ३ लाख ३४ हजार नगद सहित ५ जना जुवाडे पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं १० खमौरावाट ५ जना जुवाडे पक्राउ परेका छन् । बुधबार साझँ खमौरा स्थित जंगलमा बसेर जुवातास खेलिरहेको अबस्थामा ३ लाख ३४ हजार नगद सहित ५ जना जुवाडे पक्राउ परेका हुन्

पक्राउ पर्नेमा जिल्ला कञ्चनपुर भिमदत्त नगरपालीका वडा न. ४ घर भई सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक ४२ बर्षिय पुस्कर भट्ट, कैलाली धनगढी उप–महानगरपालीका वडा नं. ३ बस्ने बर्ष ४५ बर्षिय डबल चन्द, वडा नम्बर ४ बस्ने ३० बर्षिय बालकृष्ण पनेरु, गोदावरी न.पा. ५ बस्ने ४० बर्षिय टेक बहादुर बिष्ट र कञ्चनपुर भिमदत्त नगरपालीका वडा न. ४ बस्ने ३७ बर्षि सन्तोष चन्द रहेका छन ।

Sana Kishan

जंगलमा बसेर जुवातास खेलरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीवाट खटिएको प्रहरी टोलीले ३ लाख ३४ हजार नगद , खुल्ला तास ७ गड्डी, सिलबन्दी तास ४ गड्डी सहित फेला पारी बरामद गरिएको कैलालीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । पक्राउ परेकाहरु मथि थप अनुसन्धान भई रहेको उनले बताए । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.