Bedkot Samudayik Ban

बैतडीमा १२ हजार बढी नागरिकले कोरोना विरुद्धको खोप लगाए !!

Sana Kishan
Total
40
Shares

बैतडीमा कोरोना भाईरस विरुद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत १२ हजार ७८३ जनाले खोप लगाएका छन् । जिल्लाका ८६ ओटा खोप केन्द्र मार्फत फागुन २३ गतेदेखि चैत ३ गते आज सम्म नागरिकलाई कोरोना भाईरस विरुद्धको खोप लगाइएको हो ।

Arus

नेपाल सरकारको निर्णय अनुसार दोश्रो चरणमा ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना भाईरस विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । दोश्रो चरणमा २१ हजार ६४९ जनालाई खोप लगाउने लक्ष्य रहेको भएपनि ५९ प्रतिशतले मात्रै खोप लगाएका छन् ।

जिल्लाको दशरथचन्द नगरपालिका १ हजार ८०७, पाटन नगरपालिकामा २ हजार ४१७, पुर्चौंडी नगरपालिकामा १ हजार ९६०, मेलौली नगरपालिकामा ९०७ र दोगडाकेदार गाउँपालिकामा १ हजार ४६३ जना जेष्ठ नागरिकले खोप लगाएका छन् ।

स्तै डिलाशैनी गाउँपालिकामा १ हजार २९, सुर्नया गाउँपालिकामा ८ सय, शिवनाथ गाउँपालिकामा ६ सय, सिगास गाउँपालिकामा १ हजार र पञ्चेश्वर गाउँपालिकामा ८ सय जेष्ठ नागरिकले खोप लगाएका छन् ।

जिल्लामा पहिलो चरणमा १ हजार ३४५ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए भने सोही चरण अन्तर्गत दोश्रो प्राथमिकतामा रहेका १ हजार ८४५ जनाले खोप लगाएका थिए । कोरोना भाईरस विरुद्धको खोप लगाएका नागरिक त्यस्तो कुनै समस्या नदेखिएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो ।

Karnali Traders

जिल्लामा कोरोना भाईरस विरुद्धको दुवै चरणको खोप अभियान उत्साहपूर्ण रुपमा सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

 

 

(भगीरथ अवस्थी ले  ninglashainionline मा लेखेका छन्)

Total
40
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
40
Share