सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २०८ बिद्यालयको आबेदन पेस !!

बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २ सय ८ बिद्यालयको आबेदन पेस गरिएको छ । जिल्लाका १० वटै पालिकाहरुले कार्यपालिकाबाट निर्णय गरी केन्द्रमा पठाएका हुन ।

जिल्लाको दशरथचन्द नगरपालिकाबाट १६, पाटन नगरपालिकाबाट २४, मेलौली नगरपालिकाबाट २०, पुर्चाैैडी नगरपालिकाबाट ३७ बिद्यालयको आबेदन परेको हो । यसैगरी सुर्नया गाउपालिका बाट २५, सिगास गाउपालिकाबाट ३९, डिलाशैनी गाउपालिकाबाट २०, दोगडाकेदार गाउपालिकाबाट ९, शिवनाथ १० र पञ्चेश्वर ८ गरी २ सय ८ बिद्यालयको आबेदन पेस गरिएको हो । बिद्यालयले आबेदन पेस गरेकोमा पालिकाले पनि निर्णय गरी संघिय सरकारलाई पठाएको शिक्षा बिकास तथा समुन्वय इकाई सुचना अधिकारी पुस्करराज सर्माले जानकारी दिनुभयो ।

भवन निर्माण, कक्षाकोठा मर्मत, खेल मैदान, खेल सामग्री, कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब, सरसफाइ र खानेपानी, छात्रछात्रावासलगायतका शीर्षकमा आवेदन दिएको शिक्षा बिकास तथा समुन्वय इकाई बैतडीले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसका साथै भौतिक संरचना निर्माण, पूर्वाधार विकास, शौचालय, खेल सामग्री वितरणलगायत विषयमा खर्च गर्ने गरी योजना तयारी गर्ने सरकारले निर्णय गरेको छ । यसैगरी केन्द्रले शिक्षामा प्रविधिको प्रयोगका लागि पूर्वाधार विकास गर्न डाटा सेन्टर निर्माण, नेपाली विद्यार्थीद्वारा निर्मित रकेट र स्याटेलाइट निर्माणका लागि अनुदान, एचआइभी सङ्क्रमित अध्ययन गर्ने विद्यालय, समावेशी शिक्षा कार्यक्रम सञ्चालन भएका शिक्षण संस्था, आइसिटी ल्याब निर्माणलगायतका विषयमा खर्च गर्ने उल्लेख गरेको थियो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम निर्देशक समितिले तयार पारेका कार्ययोजनाको आधारमा छनौट गरी २५ लाख रुपैया सम्म बजेट बिनियोजन गरिने छ ।

 

 

 

(कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.