Bedkot Samudayik Ban

ईश्वरीगंगा धामदेखि जगन्नाथ मन्दिर सम्म सिंढी सहितको पदमार्ग निर्माण शुरु !!

Sana Kishan
Total
32
Shares

बैतडीको प्रसिद्ध ईश्वरी गंगा धामदेखि जगन्नाथ मन्दिर सम्मको पदमार्ग निर्माण कार्य शुरु गरिएको छ । ८ हजार ८४८ सिंढी सहित निर्माण हुन लागेको पदमार्ग निर्माणको काम अघि बढाइएको अनुगमन समितिका संयोजक कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

Arus

प्रसिद्ध ईश्वरीगंगा धामदेखि गढीमा अवस्थित जगन्नाथ मन्दिर सम्म पुग्ने सिंढी सहितको पदमार्ग निर्माणका लागि अहिले पीसीसी गर्ने कार्य भईरहेको चन्दले जानकारी दिनुभयो । सरकारी र निजी क्षेत्रबाट पूर्णता दिने उद्देश्य सहित सो पदमार्ग निर्माणका लागि साढे ९ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

चालु आर्थिक बर्षमा पदमार्ग निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० लाख बजेट विनियोजन गरेको छ । यस्तै पदमार्ग निर्माणका लागि स्थानीयस्तरमा चन्दा संकलनको काम समेत भईरहेको छ । एक सिंढी बराबर ११ हजार लागत लाग्ने भएकाले एक व्यक्ति एक सिंढीको अवधारणा समेत ल्याइएको अनुगमन समिति संयोजक चन्दले जानकारी दिनुभयो । सिंढी निर्माणका लागि चन्दा दिने व्यक्तिको नाम सिंढीमै उल्लेख गरिने समेत उहाँले बताउनुभयो ।

धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण रहेको पदमार्ग निर्माणका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । जगन्नाथ र ईश्वरीगंगा धामको धार्मिक महत्व रहेकाले दुवै स्थलमा दर्शन गर्नेहरुका लागि सजिलो होस भनेर सिंढी सहितको पदमार्ग निर्माणको काम अघि बढाइएको निर्माण समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘जगन्नाथ र ईश्वरीगंगा धाम यो क्षेत्रको आस्थाका केन्द्र हुन् । दुवै ठाउँको दर्शन गर्ने दर्शनार्थीहरुलाई सहज होस भनेर सिंढी सहितको पदमार्ग निर्माणको काम शुरु गरिएको हो ।’

Karnali Traders

प्रसिद्ध ईश्वरीगंगा धाममा जगन्नाथमा चढाएको दुध पुग्ने जनविश्वास रही आएको छ । सो धाममा महाशिवरात्रीको अवसरमा ठूलो मेला लाग्ने गर्दछ भने कार्तिक शुक्ल अष्टमी र माघ शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । यस्तै असोज र चैतको नवरात्रमा नित्य पूजाआजा हुने गरेको चन्दले जानकारी दिनुभयो । सिंढी सहितको पदमार्ग निर्माण कार्य सम्पन्न भएमा धार्मिक पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा समेत गरिएको छ । (भगीरथ अवस्थीले ninglashainionline मा लेखेका छन्)

Total
32
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
32
Share