Bedkot Samudayik Ban

युवक हत्याको आरोपमा चार जना पक्राउ : बुझेनन् आफन्तले शव !!

Sana Kishan
Total
2
Shares

बैतडी, ३ चैत– युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्या गरेको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको दार्चुला प्रहरीले जनाएको छ ।

Arus

अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरुको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताउनुभयो । सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक साउँदले जानकारी दिनुभयो ।

गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्री मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भँगालोमा मृत भेटिनुभएको थियो । कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ । शव पोस्टमार्टम भए पनि आफन्तले अझै शव बुझेका छैनन् ।

 

 

Karnali Traders

(ninglashainionline.com बाट साभार)

Total
2
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
2
Share