Bedkot Samudayik Ban

बैतडीको सुर्नया गाउँपालिका ३ मा मोबाईल मर्मत सम्बन्धी निशुल्क तालिम सञ्चालन हुने !!

Sana Kishan
Total
40
Shares

बैतडी–चैत्र ३ गते÷बैतडीको सुर्नया गाउँपालिका वडा नं ३ मा निशुल्क मोबायल मर्मत सम्बन्धी तालिम सञ्चालन हुने भएको छ । व्यवसायिक तथा सिप विकास तालिम महेन्द्रनगर कञ्चनपुर र सुर्नया गाउँपालिका वडा नं ३ को सहकार्यमा ३ महिने निशुल्क मोबायल मर्मत तालिम सञ्चालन हुने भएको हो ।

Arus

बढ्दो बेरोजगारीलाई मध्यनजर गरेर संघिय सरकार सुदूरपश्चिम प्रदेश र स्थानियतह लागत साँझेदारि कार्यक्रम अन्तरगत व्यवसायिक तथा सिप विकास तालिम केन्द्र महेन्द्रनगर कञ्चनपुरको सहयोग तथा वडा नं ३ को सहकार्यमा २० जनालाई मोबायल मर्मत सम्बन्धी तालिम सञ्चानल हुन लागेको वडा अध्यक्ष दिलाराम भट्टले जानकारी दिनुभयो ।

युवा युवती हरुलाइ तालिम दिएर आतम निर्भर बनाउनका लागि सो तालिमका लागि पहल गरिएको उहाँले बताउनुभयो । वडाको सबै टोलबाट इच्छुक व्यक्तीहरु समेटेर तालिम सञ्चालन गरिने उहाँँको भनाई छ ।

तालिम चैत्र ११ गतेबाट सञ्चालन हुने जनाइएको छ । यस्तै वडा नं ३ मा उद्यमशिलता तालिम पनि सञ्चालन भएको छ। घरेलु तथा साना उद्योग विकास !समिति बैतडीको सहयोगमा १० दिने तालिम सञ्चालन भएको हो । तालिममा महिला पुरुष गरि २५ जनाको सहभागिता रहेको वडाकार्यालयले जनाएको छ।

Karnali Traders

वडामै सिप विकास सम्बन्धी तालिम सञ्चालन हुनेभएपछि युवाहरू खुसिभएका छन् । गाउँठाउँमै सञ्चालन भइहरेका सिपविकास तालिमहरुबाट सिपसिकेर बेरोजगार युवा युवतीहरु आत्मनिर्भर बन्ने विश्वास लिइएको छ ।

 

(रेडियो बैतडीबाट साभार)

 

Total
40
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
40
Share