सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा दुई दशक अगाडी भएको हत्या घटनामा डिएसपी अधिकारीको चासो, अनुसन्धानमा तिब्रता !!

बैतडी चैत्र ०३ –  जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले झण्डै दुई दशक पुरानो हत्याकाण्डको अनुसन्धान थालेका छन । दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ (साबिकको देउलेक ५) रिखालीको हत्याकाण्डमा उनले सुक्ष्म अनुसन्धान थालेका हुन ।

बिंस. २०५८ सालमा सिल्लेगाडा र खोचलेक बजारको बिच भाग जैती भन्ने स्थानमा रिखालीका ३२ बर्षीय गगन सिँह कार्की मृत फेला परेका थिए । कार्की मृत भेटिए पछि परिवारले हत्याको आंसका गर्दै प्रहरीमा उजुरी दिए । तर घटनाको अनुसन्धान भएन । घटना स्थलको प्रकृति हेर्दा उनको हत्या नै गरिएको परिवार स्रोतको दाबी थियो । सो समयमा प्रहरीले नै घटनाको अनुसन्धान नगरि दिँदा अहिलेसम्म हत्यारा पत्ता लागेको छैन । १९ बर्ष पहिलेको घटनामा अनुसन्धान नगरेर दोषी पत्ता लगाउन नसकेको आरोप खेपिरहेको प्रहरीले अहिले अनुसन्धान अगाडी बढाएको छ ।

बलत्कार पछि हत्या गरिएकी दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीय भागरथीको भट्ट हत्याकाण्ड पश्चात उक्त घटना पनी ब्युँतिएको हो । भागरथी हत्या काण्डमा प्रहरीले अनुसन्धान गर्दै गर्दा झण्डै दुई दशक अगाडीको गगन सिह कार्की मृत्युको घटना बाहिर आएको हो । भागरथी हत्या काण्डमा सफलता हात पारेसंगै प्रहरीले उक्त घटनाको अनुसन्धान गरी हत्यारालाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता ब्यक्त गरेको थियो । सोही बमोजिम अहिले प्रहरीले तिब्र अनुसन्धान थालेको बैतडीका डिएसपी अधिकारीले बताउनुभयो ।“उहाँको संकास्पद मृत्यु भएको ठाउँमा म गएर घटनास्थल बनाएर अनुसन्धान थालेको छु । संकाको घेरामा भएर अनुसन्धान थालेको हुँ ।” डिएसपी अधिकारीले भने ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उक्त घटना अनुसन्धानकै क्रममा रहेको भए पनि अहिले आफुले चासोका साथ अनुसन्धानको पाटो फराकिलो बनाएर अध्ययन गरिरहेको उहाँको भनाई छ । अनुसन्धानबाट दोषी ठहरिएकालाई कानुन बमोजिम कार्बाही गरेर छाड्ने उनको दाबी छ । उक्त घटना मात्रै नभएर बिगतमा जिल्लामा भएका बिभिन्न अपराधिक घटनाहरुको बारेमा पनी अनुसन्धान गर्न आफुले फाईल पल्टाएको अधिकारीले बताउनुभयो ।

जघन्य खालका अपराधहरुमा संग्लग्न दोषीहरु कुनै पनी हालतमा उम्किनु हुदैन भनेर आफुले सिरियसली अध्ययनको काम थालेको उनको दाबी छ ।यस अगाडी भागरथी हत्याकाण्डमा सफल अनुसन्धान गरेको भन्दै प्रहरी प्रधान कार्यालयबाट डिएसपी अधिकारी नगद सहित सम्मानित भएका थिए ।

 

( रेडियो बैतडीबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.