सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ब्रिक लेयर मेसन सम्बन्धि ३ महिने तालिम सञ्चालन !!

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ मा ब्रिक लेयर मेसन सम्बन्धि तालिम सञ्चालन गरिएको छ । ३ महिनासम्म सञ्चालन गरिने तालिममा वेदकोटका २० जना युवाहरु सहभागी रहेका छन् । जम्मा ३९० घण्टा पाठ्यभार रहेको उक्त तालिम युरोपियन यूनियनको आर्थिक सहयोग, ब्रिटिश काउन्सिलको व्यवस्थापन र निड्स नेपालद्वारा सञ्चालित बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप (दक्षता) परियोजनाले आयोजना गरेको हो ।

निड्स नेपालका कोषाध्यक्ष रविन्द्र देवकोटाको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका वेदकोट नगरपालिका वडा ९ का अध्यक्ष राम सिंह धामीले तालिमबाट भुकम्प प्रतिरोधात्मक घर निर्माणका लागि स्थानीय क्षेत्रमै दक्ष जनशक्ति उपलब्ध हुने र स्थानीय जनशक्तिले नै रोजगारी पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहबाट समेत आवश्यक सहयोग लागि प्रतिवद्धता जनाउनु भयो ।

Sana Kishan

उद्घाटन कार्यक्रममा निड्स नेपालका विनोद कडारा, पुष्पा जोशी, गुरूकुल टेक्निकलका तालिम संयोजक शेर मिजार, प्रशिक्षकहरू राजेन्द्र प्रसाद पनेरू, रूद्र भट् लगायतको समेत उपस्थिति रहेको थियो । दक्षता परियोजनाले सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, कैलाली र बझाङ गरी तीन जिल्लामा विभिन्न सीपमूलक तालिम सञ्चालन गरिरहेको निड्स नेपालले जनाएको छ । (हरिश्चन्द्र बागले nepalbodh मा लेखेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.