सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

स्वास्थ्य संस्थाको अनुगमन र नियमन गर्ने छुट्टै निकाय बनाइँदै !!

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रियालाई तीव्रता दिएको छ ।

प्राधिकरण सम्बन्धी सैद्धान्तिक अवधारणा पत्र मन्त्रिपरिषदले स्वीकृत गरिसकेपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गठन प्रक्रियालाई तीव्रता दिएको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य प्रत्यायण गठन गर्ने उल्लेख थियो ।
मन्त्रालयका कानुन उपसचिव मानबहादुर बस्नेतका अनुसार अहिले विज्ञ टोलीले प्राधिकरण स्थापना तथा सञ्चालनका सम्बन्धी कार्यविधि तथा ऐनका लागि मस्यौदा तयार गर्ने कार्य गरिरहेको छ । सम्भवत १५ देखि २० दिनमा यो कार्य सकिने उनी बताउँछन् । ‘त्यसपछि प्राधिकरणको एउटास्वरुप देखा पर्छ,’ बस्नेत भन्छन् ।

नीति तथा कार्यक्रममा आएपछि गत असारको अन्तिमतिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढाएको भन्दै अवधारणापत्र तयार गर्नका लागि भन्दै विज्ञहरुसंग सुझाव मागेको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्राधिकरणले स्वास्थ्य संस्थाको स्तरीकरण, स्वास्थ्य सेवाको वर्गीकरण, सोहीअनुसार सेवाको सुनिश्चितता गर्ने र शुल्क निर्धारण गर्नेलगायतका कार्यहरुलाई व्यवस्थित ढंगले अघि बढाउने कार्य गर्ने बस्नेतले बताए ।

अहिलेसम्म स्वास्थ्य संस्थाको स्तरीकरण, सेवाको वर्गीकरण गर्ने, सेवाको सुनिश्चितता गर्नेलगायतका कामहरु गर्ने छुट्टै कुनै निकाय छैन् । प्राधिकरण आइसकेपछि यी सबै कामहरु सहज ढंगले अघि बढने बताइएको छ । ‘अहिलेसम्म स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाको स्तर निर्धारण गरेर शुल्क तोकेको छैन्, अब प्राधिकरण सबै त्यस्ता काम गर्छ,’ बस्नेत भन्छन्, ‘अब प्राधिकरणले नै स्वास्थ्य संस्थाको नियमन, अनुगमन र सेवाको सुनिश्चितता गर्छ ।’ (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.