बैतडीको दशरथचन्द नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागी वडा कार्यालयमै एनएमबि बैंक खाता खोल्ने !!

Sana Kishan
Total
52
Shares

बैतडी– बैतडीको दशरथचन्द नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागी वडा कार्यालयमै बैंक खाता खोल्ने खद ब्यबस्था मिलाएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता पाउनेहरुको बैंक खाता अनिबार्य गरे पछि नगरपालिकाले बैंकसगंको समन्वयमा वडा कार्यालयमै बैंकका कर्मचारीहरु पठाएर खाता खोल्ने ब्यबस्था मिलाएको हो । बैंक कार्यालयसम्म पुगेर खाता खोल्न असहज हुने भएकोले सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयमै खाता खोल्ने ब्यबस्था मिलाईएको नगरपालिकाकी उपप्रमुख मिना चन्दले जानकारी दिनुभएको छ ।

 

Arus

दशरथचन्द नगरपालिकाका बिभिन्न वडाहरुको सामाजिक सुरक्षा भत्ता पाउने नागरिकहरुको खाता खोल्ने जिम्मा एनएमबि बैंक बैतडीले पाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ७, ९ र वडा नम्बर ११ मा एनएमबि बैंकले सामाजिक सुरक्षा भत्ताका लागी खाता खोल्ने कार्यको शुभारम्भ गरेको बैंकका सहायक प्रबन्धक घनश्याम साउँदले जानकारी दिनुभएको छ । आज पहिलो दिन वडा नम्बर २ देहीमाण्डौमा सामाजिक सुरक्षा भत्ताका लागी ७० बर्ष माथिका जेष्ठ नागरिकहरुको बैंक खाता खोलिएको उहाँको भनाई छ । यस्तै आफुले जिम्मा पाएका प्रत्येक वडाहरुमा जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका ब्यक्ति, दलित तथा दलित बालबालीकाहरुको बैंक खाता खोल्ने कार्य निरन्तर रुपमा चल्ने साउँदको भनाई छ ।

 

नगरपालिकाले बैंकहरु सगंको सहकार्यमा वडा स्तरमा सामाजिक सुरक्षा भत्ताका लागी खाता खोल्ने ब्यबस्था मिलाए पछि नागरिकहरुलाई सहज भएको वडा नम्बर २ का वडाध्यक्ष रन बहादुर बोहराले बताउनुभएको छ । सदरमुकाम गएर खाता खोल्ने झन्झटबाट मुक्ती पाईएको भन्दै सेवाग्राहीहरु सन्तुष्ट रहेको उहाँको भनाई छ । यस्तै प्रत्येक चौमासिकमा सामाजिक सुरक्षा भत्ता बितरण पनी वडाबाटै पाईने ब्यबस्था मिलाईने वडाध्यक्ष बोहराले जानकारी दिनुभएको छ ।

Indreni

(रेडियो बैतडीबाट साभार)

Total
52
Shares
सम्वन्धित समाचार
Total
52
Share