नेपाल बाट भारततर्फ तस्करी गर्न लागको ३५० कार्टुन मदिरासहित भारतीय पक्राउ !!

Sana Kishan
Total
118
Shares

मोरङ : मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ चोरी निकासी गर्न लागेको ३ सय ५० कार्टुन मदिरासहित एक जनना भारतीय नागरिकलाई प्रहरीले सोमबार पकराउ गरेको छ । भारतको मटियारी ग्रामपञ्चायतका ३२ वर्षीय शिवलाल रायलाई पक्राउ गरेको हो ।

Arus

जहदा गाउँपालिका–१ स्थित लंकाटोलबाट विभिन्न ब्राण्डका ३ सय ५० कार्टुन मदिरासहित रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए

मदिरा अवैध रुपमा भारत लैजान लागेको विशेष सूचनाका आधारमा जहदा–१ का रमेश यादवको घरमा छापामारी गरेपछि उक्त परिमाणमा मदिरा बरामद भएको उनले बताए । घरधनी यादव फरार भएको र उनको खोजी कार्य भइरहेको राईले बताए ।

यादवले भारतीय नागरिक रायसँग मिलेर विभिन्न सवारी साधनको प्रयोग गरी नेपालमा उत्पादित मदिरा भारततिर तस्करी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राईले बताए । प्रहरीले मदिरा तस्करीमा प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको एउटा कार र चारवटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

यादवको घरबाट प्रहरीले सात लाख मूल्य बराबरको सिग्नेचर, गोर्खा स्ट्रङ बियर, सोफी, उमंग, ब्ल्याक ओकलगायत ब्राण्डका मदिरा बरामद भएको प्रहरी नायब उपरीक्षक राईले बताए ।

Indreni

मदिरा, सवारी साधन र पक्राउ परेका रायलाई प्रहरीले आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ ।

भारतको बिहारमा मदिरा उत्पादन, बिक्री बितरण र सेवनमा प्रतिबन्ध लगाएसँगै नेपालबाट भारततर्फ तस्करी बढेको छ ।

 

 

(कान्तिपुरबाट साभार)

Total
118
Shares
सम्वन्धित समाचार
Total
118
Share