सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनलाइन फर्मबाट पहिलो पटक सदस्यता वितरण कार्य सम्पन्न

दक्षिण कोरिया नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाले कोरोना महामारीका बाबजुद सङ्गठनको आधारभूत तत्त्व र बलियो आधार सङ्गठनात्मक जगलाई बलियो बनाउने तथ्यांक “साधारण सदस्यता “को काम सफलताका साथ सम्पन्न गरेको छ

ि
साधारण सदस्यता सम्बन्धी व्यवस्था अन्तर्गत सजिलो सहज सबैलाई पहुँच हुने अनलाइन(यलष्लिभ) माध्यम बाट नेपाली जनसम्पर्क समितिको साधारण सदस्यता वितरण कार्य नयाँ बर्षको सुरुवात जनवरी देखी मार्चको पहिलो हप्तामा सम्म सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आगामी अधिवेशनको लागि नेपाली काँग्रेस केन्द्रीय समितिको निर्देशनअनुसार नेपाल काँग्रेसको क्रियाशील सदस्य नवीकरण तथा नयाँ क्रियाशील सदस्य वितरणका लागि वितरण समिति बनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

क्रियाशील वितरण समितिमा सभापति आस्था विन्दु मल्लको संयोजकत्वमा उपसभापति जितेन्द्र महता, सङ्गठन विभाग प्रमुख खेमराज देवकोटा, प्रेस विभाग प्रमुख रत्न लिप्थेन लिम्बू र विदेश विभाग प्रमुख कमल शाही सदस्य रहनुभएको उक्त समितिले साधारण सदस्यता नै क्रियाशील सदस्यता वितरण प्रक्रियाको आधारभूत खुड्किलो भएको बताएको छ ।

क्रियाशील सदस्यको मापदण्ड तथा शुल्कअनुसार रितपूर्वक आएको निवेदन क्रियाशील सदस्यको फारम नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापति आस्था विन्दु मल्लले प्रमाणित गरी केन्द्रमा सिफारिस गर्ने जानकारी प्राप्त भएको छ ।

Sana Kishan

क्रियाशील वितरण र अधिवेशनको प्रारम्भिक प्रक्रिया पूरा गरी लक्षित समयमा कृयायाशिल सदस्यता नवीकरण जारी रहे सँगै नयाँ क्रियाशील वितरण प्रक्रियामा रहेको छ । साधारण सदस्यताको तथ्याङ्क सङ्गठनको आधारभूत तत्त्व र बलियो आधार तथा सोही आधारमा प्रवासमा काँग्रेसको विधि–विधान सँगै भातृ सङ्गठनले आवश्यक सङ्गठनात्मक कार्य गरी पार्टीको क्रियाकलापलाई चुस्त –दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आम दक्षिण कोरियामा रहेका जनसम्पर्क समिति सँग सम्बद्ध र नेपाली काँग्रेस मा आस्था वान सबैले यो कार्यसमितिले अत्यन्तै प्रभावकारी कार्य गरेको विचार राख्दै कार्यसमिति प्रती आभार व्यक्त गरेका छन्।

साधारण सदस्यता संस्थागत कार्य मात्र नभएर डाटा बेस (म्बतब दबकभ)मा सङ्गठनलाई जीवन्त राख्ने बलियो आधार तय गर्दै उदाहरणीय कार्य भएको आम अग्रज को भनाइ रहेको छ। यस कार्यमा सभापति आस्था विन्दु मल्ल र कोषाध्यक्ष केपी चौलागाईले विशेष भूमिका निभाएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले बताएको छ।

यस कार्यमा केन्द्रिय कार्यसमितिका पदाधिकारी ,विभागीय प्रमुख, केन्द्रीय सदस्य ,क्षेत्रीय कार्यसमितिका सभापति लगायतका सदस्यहरू त्यस्तै जनसम्पर्क समितिमा आबद्ध अग्रज सम्पूर्ण व्यक्तित्वलाई सिङ्गो जनसम्पर्क समिति दक्षिण कोरियाले हार्दिक धन्यवाद दिँदै साधारण सदस्यता भर्नुहुने सम्पूर्णलाई सङ्गठन र पार्टीको सिद्धान्तलाई शिरोपर गरेर अगाडि बढ्न समेत अनुरोध गरिएको छ। सङ्गठनात्मक जगाइ बलियो बनाउने, महाधिवेशनको प्रारम्भिक कार्यका लागि अनलाइन(यलष्लिभ) मार्फत लोकतान्त्रिक पद्धतिमा विश्वास राख्ने लोकतन्त्रवादी र कांग्रेसी जनलाइ जनसम्पर्क समिति दक्षिण कोरियाको विधान साधारण सदस्यता वितरण गर्दै गर्दा एकातिर संस्थाको तथ्याङ्कको निर्क्योल अर्कोतर्फ क्षेत्रगत कार्य तर्जुमा विज्ञानसम्मत रहने हुँदा थप कार्य गर्न सजिलो हुने समितिको ठम्याइ रहेको छ।

साथै साधारण सदस्यताको नामावली सार्वजनिक गरिसकिएको जनाइएको छ। सङ्गठन भित्र मत – विमत लोकतान्त्रिक पद्धतिको स्वाभाविक पक्ष हुन तर मतभेद हुन नहुने जिकिर गर्दै काँग्रेस प्रति आस्था राख्नुहुने सम्पूर्णलाई एक ढिक्का भएर सङ्गठन को हितका निम्ति दत्तचित्त भएर सकारात्मक सोचका साथ सहयोगको लागि महामन्त्री कुमार थापाले हार्दिक अपिल समेत गरेका छन्।

स्थापनाकालदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको जनसम्पर्क समिति कोरियाले नेपाली काँग्रेसका केन्दिय नेताहरूसँगको अन्तरक्रिया कार्यक्रम देखि ,जागरण अभियान लगायतका साङ्गठनिक कार्यहरू क्रियाशीलताका साथ सम्पन्न गर्नुका साथै शैक्षिक सेमिनार देखि लिएर, विविध कारणले कोरियामा रहँदा अप्ठ्यारोमा परेका नेपालीहरू साथै नेपालमा कोरोनाको महामारीका कारण अफ्ठेरोमा परेकालाई पनि अभिभावकको रूपमा सक्दो सहयोग गर्दै आएको छ।

(केटीएम दैनिकबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.