सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

धुम्बाराहीमा मार्मिक बने प्रधानमन्त्री, यस्तो थियो धारणा !!

सुदूरपश्चिम खबर सुदूरपश्चिम खबर
चैत्र २, २०७७
1 min read

काठमाडौं । सोमबार प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग संवाद गर्ने जमर्को गरे । प्रधानमन्त्रीले नेपाल पक्षलाई बालुवाटार आउन भने तर, नेपाल पक्षले धुम्बाराही पार्टी कार्यालयमा बस्नुपर्ने अडान राखे । सोही अनुरुप प्रधानमन्त्री ओली पार्टी कार्यालय आएका थिए ।

नेपाल समूहको राजनीतिक प्रस्ताव :ओलीको निर्णय नसच्चिएसम्म समानान्तर रोकिन्न

बैशाख २, २०७८
11

कांग्रेस सभापति देउवा : नयाँ सरकार बनाउन संख्या सुनिश्चित भएको छैन

चैत्र २६, २०७७
9

वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष ओलीले केही समय लिएर लामै कुरा राखेका थिए । वार्तामा सहभागी नेताका अनुसार ओलीले मार्मिकरूपमा आफूमाथि प्रचण्डसँग मिलेर माधव नेपाल पक्षले सकेजति सबै ज्यादती गरेको भन्दै तर अब विगत सम्झेर बदला लिने सोच आफूमा नरहेको बताएका थिए ।

ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो । मैले तपाईंहरूबाट अपेक्षा गर्ने भनेको त्यो गल्तीको रियलाइजेशन हो । सबै कुरा कोट्याएर जान चाहान्न ।’

ओलीले अदालतको फैसलाबाट एमाले पुनःस्थापित नभएको भए आफ्नो राजनीतिक जीवन नै धरापमा परेको सुनाएका थिए । आफ्नै अध्यक्षलाई चार–चारपटक निष्कासनको घोषणा गरेको, फौजदारी अभियोग लगाइएकाजस्ता प्रसंग उठाउँदै ओलीले सक्नेजति गरेर पनि नसकेपछि अदालतको फैसलाबाट नयाँ ठाउँमा पुगिएको बताए ।

वार्तामा सहभागी एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले प्रधानमन्त्रीले हिजो आफूमाथि गरिएका भद्दा कारबाहीहरूको प्रसंग उठाएपनि ती कुरा बिर्सेर पार्टीलाई एकताबद्धरूपमा अघि बढाउन तयार रहेको बताए । नेम्वाङले हिजो अर्को पक्षसँग मिलेर गरिएका त्यस्ता कुराप्रति आत्मालोचित हुनु राम्रो हुने बताए ।

नेम्वाङले भने, ‘साथीभाइहरूले सक्नेजति त गरेकै हुन् । हिजो गल्ती भयो भनेर आउनु धेरै राम्रो हुन्छ । तरपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्षले हिजोका कुरा बिर्सेर अघि बढौं भन्नुभएको छ । सर्वोच्च अदालतले एमाले पार्टी फिर्ता आएको छ, यसलाई एकताबद्ध बनाउँ भन्नुभयो । तर, उहाँहरू सहमत भइसक्नुभएको छैन ।’

वार्तामा सहभागी एमाले उपाध्यक्ष भीम रावलले भने तीन महिनापछि एकै ठाउँमा बसेर वार्ता गर्ने बाहेक ठोस कुनै प्रगति नभएको प्रतिक्रिया दिए । रावलले अध्यक्ष ओली फागुन २८ को निर्णयबाट पछि नहट्ने देखिएकाले आफूहरू राष्ट्रिय भेलासहितका गतिविधिमै रहने बताए ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले वार्ता हुनु आफैंमा सकारात्मक रहेको र यसले पार्टीलाई एकताबद्ध राख्नुपर्छ भन्ने पंक्तिलाई बल पुगेको बताए । तर, फागुन २८ गतेको विशेष केन्द्रीय कमिटीको निर्णय भने कार्यन्वयनमा गइसकेको ज्ञवालीको भनाइ छ ।

फागुन २८ को निर्णयबाट आफू पछि नहट्ने ओलीले प्रष्ट पारेपछि नेपाल पक्ष अब एकताको सम्भावना नरहेको निष्कर्षमा पुगेको छ । यद्यपि छलफल जारी राखिने रावलले बताए । आजको बैठकलाई एमालेको तित्तता मेटाउन कोशेढुंगा साबित हुने अपेक्षा गरिएपनि त्यो हुन सकेन ।

(ओकेजनताबाट साभार)

सिफारिस

मुख्य समाचार

नेपाल समूहको राजनीतिक प्रस्ताव :ओलीको निर्णय नसच्चिएसम्म समानान्तर रोकिन्न

बैशाख २, २०७८
11
राजनीति

कांग्रेस सभापति देउवा : नयाँ सरकार बनाउन संख्या सुनिश्चित भएको छैन

चैत्र २६, २०७७
9
उपहार खबरबाट साभार
राजनीति

४ जना मन्त्रीलाई माओवादी केन्द्रले गर्यो कारवाही, साधारण सदस्यबाट समेत निस्कासित !!

चैत्र २५, २०७७
19
राजनीति

नेकपा एमालेका झलनाथ–माधव पक्षको आज स्थायी कमिटी बैठक बस्दै !!

चैत्र २०, २०७७
10
मुख्य समाचार

भीम रावल र माधवकुमार नेपाल एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित !!

चैत्र १६, २०७७
16
राजनीति

देशभरका पार्टी कमिटी ब्युँताउने माधव नेपाल समूहको घोषणा !!

चैत्र ६, २०७७
33
अर्को

अनलाइन फर्मबाट पहिलो पटक सदस्यता वितरण कार्य सम्पन्न

नेपाल बाट भारततर्फ तस्करी गर्न लागको ३५० कार्टुन मदिरासहित भारतीय पक्राउ !!

Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
1

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
8
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In