सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेलौली नगरपालिकामा बिधुतिकरण गरिदिन मुख्यमन्त्री भट्टलाई आग्रह !!

धनगढी । बैतडीको मेलौली नगरपालिकाको डेलिगेसन टोलीले नगरपालिकामा सडककासाथै बिधुतिकरण गरिदिन सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आग्रह गरेको छ । नगरपालिकाको उपप्रमुख राधा ओझाको नेतृत्वमा शुक्रवार धनगढी पुगेको सर्वपक्षिय टोलीले मुख्यमन्त्री भट्टसँग यस्तो माग गरेको हो ।

मुख्यमन्त्री भट्टलाई माग पत्र बुझाउदै उपप्रमुख ओझाले बैतडीको पाटन र छिमेकी डडेल्धुराका भागेश्वर तथा अजयमेरु पालिकामा विजुली बत्तीको झिलिमिली हेरेर मेलौलीका जनता अध्यारा दिनरात काट्दै बसेको भन्दै नगरका सबै नागरीकको पहुँचमा बिजुली पुराउन पहल गरिदिन माग गरिन् ।यस्तै उनले वडा वडामा सडक सञ्जाल र पाटन–पञ्चेश्वर र डडेल्धुराको उग्रतारा–मेलौली सडकलाई प्रदेश गौरबको सडकमा पारी कालोपत्रे गर्नसमेत माग गरिन् ।

Sana Kishan

मागपत्र बुझ्दै मुख्यमन्त्री भट्टले दूरदराजका जनतालाई नजिकको सरकारको अनुभूती गराउन प्रदेश सरकार लागिपरेको भन्दै सरकारको स्रोत साधनले भ्याएसम्म योजनामा पार्ने बचन दिए । सडकलाई आगामी आर्थिक वर्षको योजनामा र बिधुतिकरणकालगि यसै वर्षदेखि काम चालु हुनेगरी प्राथमिकताको अधारमा बिस्तृत योजना ल्याउन आग्रह गरे ।

World Link Ads
Mahakali Polytechnic

डेलिगेसन टोलीमा मेलौलीका जनप्रतिनिधिकासाथै समाजिक अगुवा शिक्षक कर्मचारी लगायत एक दर्जनवढी ब्यक्तित्वको सहभागिता रहेको थियो ।

 

Dirghayu Ads

(सुदूर आवाजबाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.