सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अर्थ मन्त्रालयले सचिवहरुलाई भन्यो : आउँदो बजेटमा नयाँ कार्यक्रम नराख्नू

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा नयाँ कार्यक्रम प्रस्ताव नगर्न अरु मन्त्रालयका सचिवहरुलाई आग्रह गरेको छ ।

सोमबार सबै मन्त्रालयका सचिवलाई बोलाएर अर्थ मन्त्रालयले बजेट निर्माणका विषयमा छलफल गरेको हो । सचिवहरुलाई नयाँ आयोजना भन्दा अगाडि बढिसकेका आयोजनालाई प्राथिमकतामा राख्न आग्रह गरिएको अर्थ मन्त्रालयको बजेट महाशाखाका प्रमुख सहसचिव धनीराम शर्माले जानकारी दिए । उनले अगाडि नबढाई नहुने आयोजना भने अध्ययनको लागि प्रस्व गरेर अगाडि बढाउन सकिने बताए ।

सरकारको मितव्ययीता नीतिमा समेटिएका प्रावधानलाई ख्याल गर्न समेत अर्थ मन्त्रालयले सचिवहरुलाई आग्रह गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

अहिले राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको बजेट सिलिङको आधारमा मन्त्रालयलहरुले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट बनाइरहेका छन् । यसै क्रममा अर्थ मन्लयले सचिवलाई बोलाएर नयाँ कार्यक्रममा बजेट नराख्न भनेको हो ।

Sana Kishan

अर्थ मन्त्रालयले नयाँ नयाँ भवन निर्माण र सवारी साधन खरीद गर्न बजेट नछुट्याउन र अनिवार्य सहभागी हुनुपर्नेबाहेक वैदेशिक भ्रमणमा बजेट नरख्न पनि भनेको छ ।

वैदेशिक सहायतामा संचालनमा रहेका आयोजना तथा कार्यक्रममा पर्याप्त बजेट राख्न भनिएको छ । त्यस्तै राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनामा पनि धेरै बजेट राख्न भनिएको छ ।

अर्थ मन्त्रालयले कोरोना भाइरस महामारीपछिको पुनरुत्थान कार्यक्रममा बजेट विनियोजन गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । ‘आआफ्नो मन्त्रालयबाट कोभिडले अर्थतन्त्रमा पारेको प्रभावबाट माथि उठ्ने गरी बजेट तथा कार्यक्रम समेट्न सुझाव दिएका दिएका छौं’ बजेट महाशाखा प्रमुख धनीराम शर्माले भने । (onlinekhabar बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.