बैतडीमा अग्नी पीडितलाई रेडक्रसको राहत !!

Sana Kishan
Total
0
Shares

नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले आगलागी पीडितहरुलाई गैरखाद्य सामग्री वितरण गरेको छ । गत फागुन २१ गते घरमा आगलागी भएर क्षति व्यहोरेका पञ्चेश्वर गाउँपालिका वडा नं ५ का तीन परिवारलाई भाँडाकुँडा र कम्बल वितरण गरिएको रेडक्रसका लेखापाल दिनेश जोशीले जानकारी दिनुभयो ।

Arus

आगलागीबाट खरले छाएको घर जलेपछि बसोबासको समस्या झेलीरहेका बहादुर चन्द, जयबहादुर चन्द र हिरा चन्दलाई सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

आगलागी पीडित परिवारलाई सोमबार रेडक्रस भवनबाटै शाखा सभापति भीमदत्त पाण्डेयले गैरखाद्य सामग्री हस्तान्तरण गर्नुभएको हो । आगलागीका कारण समस्यामा परेका परिवारलाई केही राहत मिलोस भनेर सामग्री वितरण गरिएको सभापति पाण्डेयले जानकारी दिनुभयो । (ninglashainionline बाट सभार)

Indreni

Total
0
Shares
सम्वन्धित समाचार
Total
0
Share