सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

केपी ओली र माधव नेपाल पक्षबीच यी बिषयमा छलफल सुरु

काठमाडौं ःनेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल शुरु भएको छ ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्कातर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त सहभागी छन् । चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो।

प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबीच आज बिहान ११ बजे धुम्बाराहीस्थित एमालेको केन्द्रीय कार्यालयमा भेट हुने भएको छ ।

 

World Link Ads
Mahakali Polytechnic

माधव नेपालसँग भेट्ने तयारी गर्नुपूर्व ओलीले आइतबार राति राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । उच्च स्रोतका अनुसार राष्ट्रपति भण्डारी र ओलीबीच डेढ घण्टासम्म छलफल भएको थियो ।राष्ट्रपतिसँगको छलफल सकिएपछि ओलीले नेपाललाई फोन सम्पर्क गरेका थिए । उनले फोनमा नेपाललाई भेटका लागि बालुवाटार बोलाएका तर नेपालले बालुवाटार जान अस्वीकार गरेका थिए ।

Dirghayu Ads

त्यसपछि नेपालले धुम्बाराहीमा भेट्ने प्रस्ताव गरेका थिए । सुरुमा ओलीले एक्लाएक्लै भेट्ने प्रस्ताव गरे पनि नेपालले त्यसलाई अस्वीकार गरेको उनीनिकट स्रोतले शिलापत्रलाई बतायो । त्यसपछि केही नेतासहित ओली र नेपालबीच भेट हुन लागेको हो ।

 

पछिल्लो समय एमालेमा चर्किको विवादका बीच दुई मुख्य नेताहरुको भेटलाई महत्वका साथ हेरिएको छ । सर्वोच्च अदालतले नेकपा नामको विवादका सम्बन्धमा फैसला गर्दै पूर्ववत रुपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि ओली र नेपालबीच पहिलोपटक भेट हुन लागेको हो ।

शुक्रबार बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमार्फत ओलीले असन्तुष्ट पक्षलाई पेलेरै जाने रणनीति लिएको संकेत देखिएको थियो ।

ओलीले केन्द्रीय कमिटी बैठकमार्फत् अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारी हटाएका थिए । आफूनिकट केन्द्रीय सदस्यको बैठक राखेर ओलीले यस्तो निर्णय लिएका थिए । उनले खनाल–नेपाल समूहका नेताहरूको जिम्मेवारी पनि खोसेर आफू निकटका नेताहरूलाई दिएका थिए ।

Sana Kishan

एमाले नेताहरू झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले आज संयुक्त विज्ञप्ति जारी गर्दै ओली प्रवृत्तिको विरोध गरेका हुन् ।

र तेस्रो, महासचिवबाहेक पार्टी पदाधिकारी हटाउने । बादललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिन लागिएको छ । त्यस्तै, पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीले पाउनेछन् ।

यसअघि एमाले नेताहरू झलनाथ खनाल, माधव नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने र सुरेन्द्र पाण्डेले आज संयुक्त विज्ञप्ति जारी गर्दै ओली प्रवृत्तिको विरोध गरेका थिए ।

ओलीले आफू पक्षीय नेतालाई पदच्युत गर्दै कमिटी विस्तार गरेपछि खनाल–नेपाल समूहले पनि त्यसलाई चुनौती दिँदै सात प्रदेशका इन्चार्जसहित विभिन्न विभागको समानान्तर जिम्मेवारी तोकेको थियो ।

जसअनुसार प्रदेश– १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश– २ को घनश्याम भुसाललाई, बागमती प्रदेशको अष्टलक्ष्मी शाक्यलाई, गण्डकी प्रदेशको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ ।

त्यस्तै, प्रचार विभागको जिम्मा योगेश भट्टराई, युवा विभागको जिम्मा रघु पन्त, विद्यार्थी विभागको जिम्मा गोकर्ण विष्ट, बुद्धिजीवी विभागको जिम्मा प्रमेश हमाललाई र महिला विभागको जिम्मा अष्टलक्ष्मी शाक्यलाई दिइएको छ ।

खनाल–नेपाल समूहले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । ईन्फो खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.