सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बामदेवलाई ओलीको नयाँ अफर, जुट्यो सहमति

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिसाएका एमाले उपाध्यक्ष बामदेव गौतमलाई फकाउन ओलीले अन्तिम प्रयास गरिरहेका छन् । केही समय अघि पार्टी महाधिवेशनबाट छानिएका नेतालाई जिम्मेवारीबाट हटाउने प्रधानमन्त्री ओलीको कार्यलाई गौतमले गलत भनेपछि दूरि बढ्दै गएको हो ।

ओलीले अहिले गौतमलाई सरकारमा समाहित हुन आग्रह गरेको स्रोतले जनाएको छ । अहिले अलग्गै रहेका बामदेव अझै एमाले एकताको पक्षमा लागेको बताइरहेका छन् । केही एमालेका नेता, कार्यकर्ताहरुले बामदेवको पनि चपाउने र देखाउने दाँत फरक रहेको भन्दै किस्सा गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीले गौतमलाई सरकारमा आएर जिम्मेवारी सम्हाल्न भनिरहेका छन् । अबको विकल्प आफ्नै नेतृत्वको सरकार बताउने प्रधानमन्त्री ओलीले निर्वाचनमा जानूपूर्व सम्म आफैसँग बस्न बामदेवलाई सुझाएका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यता, कांग्रेसको सहभागिताबिना मुलुकले प्रधानमन्त्री केपी ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ । तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने आरोप खेप्दै आएका शेरबहादुर देउवाको प्राथमिकतामा प्रधानमन्त्री परेको छैन ।

Dirghayu Ads

नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहका नेताहरूले समेत ओलीको विकल्प दिन सभापति देउवाले सरकारको नेतृत्वका लागि अग्रसरता लिनुपर्ने र त्यसका लागि आफूहरूको पूर्ण समर्थन रहेको पदाधिकारी बैठकमा बताएका छन् । यसअघि पौडेलसहित संस्थापन इतर समूहका नेताहरू देउवा प्रधानमन्त्री हुँदा पार्टीको महाधिवेशनमा समेत प्रभाव पर्ने भन्दै उनलाई कुनै हालतमा रोक्नुपर्ने पक्षमा थिए ।

तर देउवाले प्रधानमन्त्रीका लागि पार्टी हतारिने पक्षमा नरहेको बताउँदै आएका छन् । देउवाले आइतबार बारामा आयोजित कार्यक्रममा विगतमा मुलुकमा आइपरेका संकटको निकास कांग्रेसले दिँदै आएको बताए । के कांग्रेस नेतृत्वमा सरकार गठन हुने स्थिति नआएकाले देउवाले ‘पर्ख र हेर’ को नीति लिएका हुन् ? उनी निकट नेताहरू देउवाको अहिलेको प्राथमिकता प्रधानमन्त्रीभन्दा पार्टी महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पनि कांग्रेस नेतृत्वमा पुग्ने रहेको बताउँछन् । ओकेजनता डेस्क

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.