Bedkot Samudayik Ban

राष्ट्रिय क्रिकेटर ललित भण्डारी छिट्टै मैदानमा उत्रिने !!

Sana Kishan
Total
0
Shares

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी छिट्टै मैदानमा उत्रिने भएका छन् । विगत लामो समयदेखि उपचाररत भण्डारीको स्वास्थ्यअवस्थामा सुधार भएपछि उनी पुनः खेल्न सक्ने भएका हुन् । गत भदौमा सवारी दुर्घटनामा घाइते भएका भण्डारीले आफू करिब ६ महिनापछि मैदान फर्किन लागेको जानकारी दिएका छन् । ‘‘पूर्ण रुपमा ठीक भइसकेको छु’’ भण्डारीले भने, ‘‘डाक्टरले पनि अब खेल्न सक्छौ भनेकाले मेयर कपपछि नेपाल पुलिस क्लबको प्रशिक्षणबाट मैदान उत्रिने योजनामा छु ।’’

 

Arus

धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले गत भदौ २८ गते साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको थियो भने छाती र अन्य भागमा समेत चोट लागेको थियो । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा परेका थिए ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् । पछिल्लो समय उनी नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका थिए । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) बिरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । भण्डारीले सन् २०१८ मा नेदरल्याण्ड्सबिरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नेपालकालागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।

 

 

Karnali Traders

(setikalinews.com बाट साभार)

Total
0
Shares
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
Total
0
Share