शुक्लाफाँटा नगरपालिका वडा नं ८ द्वारा स्वास्थ्य स्वयमसेवीकाहरुलाई मोबाइल, साईकल लगायतका सामग्री हस्तान्तरण !!

Sana Kishan
Total
46
Shares

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ८ ले स्वास्थ्य स्वयमसेवीकाहरुलाई सहयोग स्वरुप केही सामग्रीहरु उपलब्ध गराएको छ । आइतबार स्वास्थ्य स्वयमसेवडा कार्यालयमा बोलाएर एक÷एक थान साईकल, १÷१ थान एन्ड्रोइड स्मार्ट मोबाइल, एक÷एक सेट झोलाका साथै १÷१ थान ड्रेस हस्तान्तरण गरेको हो ।

Arus

सेवा विहिन अवस्थामा वडा कार्यालयले २ बर्ष अगाडी देखि नयाँ भर्ना गरेका ५ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई थप उत्साह थप्न उक्त सामग्री हस्तान्तरण गरेको वडा अध्यक्ष बहादुरसिँह महराले बताउनुभयो ।

उपहार खबरसँगको कुराकानीमा अध्यक्ष महराले स्वास्थ्य सेवा सम्बन्धि प्रतिबद्धता पुरा गर्ने आफ्नो संकल्प रहेकोले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सुधार गर्दै लग्ने र वर्तमान अवस्थामा पनि स्वास्थ्य क्षेत्रमा पहुँच बढाएको बताउनुभयो ।

वडा नं. ८ को दुर्गम बस्तीको रुपमा रहेको भमरभोज, मुक्त कमैया वस्ती नौखरी, मणीकाधाम टोल, धारापानी र बर्रेगाडा टोलका स्वास्थ्य स्वयमसेविकाहरुलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण समारोहमा अध्यक्ष महरा लगायत वडा सदस्यहरु, सचिव चन्द्र चौधरी, प्राविधिक कर्मचारी गोकर्ण जोशी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

 

Indreni

(रामदत्त मिश्रले upaharkhabar.com मा लेखेका छन्।)

Total
46
Shares
सम्वन्धित समाचार
Total
46
Share