सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिममा चैतलो भेटौलो पर्व शुरु: किन खास छ सुदूरपश्चिममा यो पर्व ?

कञ्चनपुर, ०२ चैत्र । चैत्र महिना शुरु भएसँगै सुदूरपश्चिम प्रदेशका डोट्याली समुदायको चैतलो भेटौलो पर्व पनि शुरु भएको छ । सुदूरपश्चिम प्रदेशका प्रायः सबै पहाडी जिल्लाहरुमा बसोबास गर्ने र त्यहाँबाट अन्यत्र बसाइसराई गरी गएका डोट्याली समुदाय तथा भारतको कुमाउँ गडवालमा समेत चैत्र महिनाभर चैतलो भेटौलो पर्व मनाउने गरिएको छ ।

विशेषतः भाइबहिनीको प्रेम तथा सद्भावको पर्वका रुपमा रहेको चैतलो भेटौलो पर्वमा विवाह भइसकेकी चेलीबेटी र दिदीबहिनीलाई माइती पक्षको तर्फबाट बुवाआमा र दाजुभाइले कुनैनकुनै कोशेली लगेर भेट्न जाने परम्परा रहेको छ । घरमा बुवाआमा तथा दाजुभाइ नभएमा माइती पक्षका नजिकका नातेदारहरुले समेत भेट्ने परम्परा रहेको छ ।

Sana Kishan

केही दशक पहिलेसम्म सञ्चार र यातायातका साधनहरुको अभाव, भौगोलिक विकटता र खेतीपाती तथा कामधन्दामा निक्कै व्यस्तता हुँदा चैत्र महिनामा एकदुई दिन समय निकालेर भएपनि चेलीबेटी र दिदीबहिनीहरुलाई भेट्न जानुपर्छ भन्ने मान्यताबाट विकसित यो परम्परालाई डोट्याली समुदायले अझैपनि निरन्तरता दिएको पाइन्छ ।

World Link Ads
Mahakali Polytechnic

चेलीबेटी र दिदीबहिनीहरु समेत माइती पक्ष भेट्न आउने विश्वासका साथ बाटो हेरी प्रतिक्षामा रहेका हुन्छन् । केही वर्ष पहिलेसम्म अन्न, पकवान, नरिवल, मिश्री, फलफूल र क्षमता अनुसार लुगाकपडा तथा गरगहना समेत दिने चलन थियो । पछिल्लो समयमा भने बजारमा पाइने मिठाईँ लगायतका अन्य कोशेली दिने चलन रहेको छ ।

 

 

Dirghayu Ads

(nepalbodh.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.