गोदावरी नगरपालिकाबाट हालसम्म ५५० जनाले अपाङगता परिचय पत्र पाए !!

Sana Kishan
Total
2
Shares

अत्तरिया – गोदावरी नगरपालिकाबाट हाल सम्म ५ सय ५० जनाले अपाङगता परिचय पत्र लिएका छन । सरकारले हाल स्थानिय तहबाट परिचय पत्र दिने ब्यबस्था गरेको छ । परिचय पत्र दिनको लागी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतको अध्यक्षतामा सिफारिस समिती पनि बनाइएको छ । उक्त समितीको सिफारिसको आधारमा महिला तथा बालबालिका शाखाले परिचय पत्र दिने गरेको शाखाकी प्रमुख गोदावरी धामीले बताईन ।

Arus

सरकारले नै कानुनी रुपमा चार प्रकारको अपाङगता भएका ब्यक्तीहरु भनेर परिभाषित गरेको छ । जस अनुसार नगरपालिकाबाट ’क’ बर्गको अपाङगता भएका ६४ जनाले परिचय पत्र पाएका छन । उनिहरुले मासिक ३ हजारको दरले सामाजिक सुरक्षा भत्ता पाउने गर्दछन ।

साथै उनिहरुले निशुल्क स्वास्थ्य र यातायात सुबिधा पाउने गर्दछन । ’ख’ बर्गको अपाङगता भएका २ सय ९४ जनाले नगरपालिकाबाट परिचय पत्र पाएका छन । उक्त समुहमा पर्ने अपाङगता भएका ब्यक्तीहरुलाई मासिक १६ सय सामाजिक सुरक्षा बाफत सरकारले खर्च दिने गरेको छ । अझै पनि नगरपालिका भित्र परिचय पत्र लिन बांकी धेरै भएको हुन सक्ने अनुमान गरिएको छ । परिचय पत्र पाएपछि आफुहरुलाई निकै सहज भएको गोदावरी ६ कि खडक कुमारी बुढाले बताईन । (godawarinews बाट सभार)

Indreni

Total
2
Shares
सम्वन्धित समाचार
Total
2
Share