सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दनपाः उप–मेयर कप क्रिकेट मंगलबारदेखि, खेलतालिका सार्वजनिक !!

बैतडीको दशरथचन्द नगरपालिकामा चैत ३ गते मंगलबारदेखि चौथो संस्करणको उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग तथा नगरक्रिकेट समितिको आयोजना प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
प्रतियोगिताको खेलतालिका आज सार्वजनिक गरिएको छ । सार्वजनिक खेलतालिका अनुसार सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा वडा नं २, ६ र ११ रहेका छन् भने समूह बी मा वडा नं ४, ५,८ र ९ रहेका छन् ।
उद्घाटन खेलमा चैत ३ गते वडा नं २ र ६ बीच प्रतिस्प्रर्धा हुने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो । यस्तै चैत ४ गते वडा नं ४ र ५ भिड्दा अर्को खेलमा वडा नं ६ र ११ भिड्नेछन् । चैत ५ गते वडा नं ४ र ८ प्रतिस्प्रर्धा गर्दा अर्को खेलमा वडा नं ५ र ९ आमनेसामने हुनेछन् । चैत ६ गते वडा नं ११ र २ बीच भिडन्त हुँदा अर्को खेलमा वडा नं ८ र ९ बीच प्रतिस्प्रर्धा हुनेछ । चैत ७ गते वडा नं ५ र ८ भिड्दा अर्को खेलमा वडा नं ४ र ९ आमनेसामने हुने भएका छन् ।

 

Sana Kishan

प्र्रतियोगिता अन्र्तगत सेमिफाइनका खेलहरु चैत ८ गते हुने जनाइएको छ । पहिलो सेमिफाइनमा समूह ए को विजेता र समूह बी को उपविजेता आमने सामने हुँदा अर्को सेमिफाइनलमा समूह बी को विजेता र समूह ए को उप विजेता प्रतिस्प्रर्धा गर्नेछन् ।
फाइनल खेल चैत ९ गते हुने नगर क्रिकेट समितिले जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेल दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुनेछन् । उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार हात पार्नेछ ।

World Link Ads
Mahakali Polytechnic

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो ।
यसअघि नगरपालिकाले गत फागुनमा चौथो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको समेत आयोजना गरेको थियो । उक्त प्रतियोगितामा वडा नं ५ दशरथचन्दलाई स्तब्ध पार्दै वडा नं ४ खलंगाले उपाधि हात पारेको थियो । (radio7star बाट सभार )

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.