सुदूरपश्चिम सरकार ढल्छः पर्यटन मन्त्री ढकाल

Sana Kishan
Total
1
Shares

कैलालीः पर्यटन मन्त्री भानुभक्त ढकालले नेकपा (माओवादी केन्द्र) ले केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको भोलिपल्ट कर्णाली र सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुन सक्ने बताएका छन्।

Arus

शनिबार वीरेन्द्रनगरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले केन्द्र सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिए प्रदेशमा माओवादीको नेतृत्वमा भएको सरकार पनि नरहने बताए।‘केन्द्रमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि त्यसको भोलिपल्ट कर्णाली र सुदूरपश्चिमको सरकार सग्लै रहला कि नरहला,’ उनले भने, ‘यो म अनुमान गर्न सक्छु, तर घोषणा होइन।’

कर्णाली प्रदेश सरकारतर्फ संकेत गर्दै उनले थपे, ‘सरकार जनताको पक्षबाट विचलित हुनेगरी अगाडि बढ्ने कुरामा नेकपा एमालेको साथ रहँदैन।’ कर्णाली र सुदूरपश्चिममा एमालेको समर्थन माओवादी केन्द्रका नेताहरू मुख्यमन्त्री छन्। ईन्फो खबर

Indreni
Total
1
Shares
सम्वन्धित समाचार
Total
1
Share