बैतडीमा १०६ वर्षीया बृद्धाले लगाइन कोरोना बिरुद्धको खोप !!

Sana Kishan
Total
8
Shares

बैतडीको सिगास गाउपालिका वडा नं ९ चौखाम स्वास्थ्य चौकीमा १ सय ६ वर्षीया गौरी धामीले कोरोना बिरुद्धको खोप लगाउनु भएको छ । छोरा दलबिर धामीसँगै चौखाम स्वास्थ्य चौकीको खोप केन्द्रमा आएर कोरोना बिरुद्धको खोप लगाएकी हुन । बृद्धबृद्धाहरुलाई लक्षीत गरी लगाइन लागेको थाहा पाएर आमालाई खोप लगाउन आएको छोरा दलबिर धामीले बताउनुभयो ।

Arus

हिडडुल गर्न नसक्ने बृद्धबृद्धाहरुहरु पनि आफन्तको साहारामा खोप लगाउनको लागि खोप केन्द्रमा आउने गरेका हुन । बैतडीमा कोरोना बिरुद्धको खोप लगाउने बृद्धबृद्धाहरुको सहभागिता उत्सहाजनक रहेको छ । खोप लगाइने खोप केन्द्रहरुमा शुक्रबार नै सकिएको र थप डोज मगाएर आज देखि कोरोना बिरुद्धको खोप दिइन लागेको वडा नं ९ का वडाअध्यक्ष लक्ष्मी चन्दले जानकारी दिनुभयो । (भुबि बिष्टले radio7star मा लेखेका छन्)

Indreni

Total
8
Shares
सम्वन्धित समाचार
Total
8
Share