डोटीमा ग्रामीण मर्मत सम्भार कार्यकर्ता (VMW) तालिम सञ्चालनमा !

Sana Kishan
Total
92
Shares

डोटी- वडी केदार गाउँ पालिका ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना,कैलालीको आयोजनामा र केदार ग्रामीण विकास समाज नेपाल वडी केदार ५ मार्केट डोटीको सहजिकरणमा ग्रामीण मर्मत सम्भार कार्यकर्ता(VMW) तालिमको  उद्घाटन  गरिएको छ ।

Arus

उक्त तालिम मेलघडी आधारभुत विधालय वडी केदार ५ अतरकाडा डोटीमा शुरु उदघाटन समारोहमा कार्यक्रमको संचालन केदार ग्रामीण विकास समाज नेपालका फिल्ड संयोजक बिमला बमले गरेका थिए ।

अध्यक्षता रिखाया बावनखर्क खापा तथा सरसफाई योजना वडी केदार ४, ५ डोटीका अध्यक्ष केशर सिंह सिराडीले गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि वडी केदार गाउँ पालिका उपाध्यक्ष इन्द्रा बोहरा(भाट) र अतिथिहरु वडी केदार ५ नं.वडा अध्यक्ष बुद्धि सागर विनाडी लगायत जनप्रतिनिधि र सरोकारवाला कर्मचारी थिए

तालिममा सहभागी वडी केदार गापा,जोरायल गापा, सायल गाला र वोगटान गापा गरी डोटी जिल्लाको ४ गापाको उपस्थिति  रहेको थियो ।

Indreni

यो तालिम २०७७ चैत्र १० गतेसम्म हुने जानकारी रिखाया बावनखर्क खा.पा.तथा सरसफाई योजना वडी केदार ४,५ अतरकाडा डोटीका सचिव प्रकाश बहादुर थापाले जानकारी दिनुभएको छ।

\

Total
92
Shares
सम्वन्धित समाचार
Total
92
Share