मुक्त हलियाका सवालमा सरकार उदासिन् !!

Sana Kishan
Total
12
Shares

मुक्त हलिया समूदायको न्यायिक पुर्नस्थापनाको सवालमा एकदिने अन्तरक्रिया कार्यक्रम बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न भएको छ । स्थानियतहका पदाधिकारीहरुसंग गरिएको उक्त अन्तरक्रियामा मुक्त हलियाका समस्या जस्ताका त्यस्तै रहेको सहभागीले बताएकाछन् ।

Arus

१३बर्ष अघि हलिया मुक्तीको घोषणा भएपनि हलिया अझै मुक्त हलियाको पुर्नस्थापना हुन नसकेको मुक्त हलिया पुर्नस्थापना कार्यदलका सदस्य सरस्वति नेपालिले बताउनुभयो । मुक्त हलियाका सवालमा सरकार गम्भीर नबनेकाले उक्त समस्या रहेको उहाँले बताउनुभयो । सरकारसंग मुक्त हलियाको वास्तबिक तथ्यांक अझैपनि नपुगेको उहाँले बताउनुभयो ।

केहि मुक्त हलिया परिवारको पुुर्नस्थापना गरिएकोमा पहुचवाला मात्रै परेको दशरथचन्द नगरपालिका वडा न. ९का वडाअध्यक्ष हरिसचन्द्र जोसीले बताउनुभयो । उहाँले बास्तविक पिडित ब्यक्ति आरक्षणमा नपर्ने गरेको बताउनुभयो ।

मुक्त हलियाका लागी आएका हरेक कार्यक्रमको फाइदा टाठाबाठा मान्छेले लिने गरेको उहाँले बताउनुभयो । मुक्त हलियाको पुर्नस्थापना गर्ने सवालमा सरकार उदासीन देखिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ बैतडीका अध्यक्ष देवराम लोहारले बताउनुभयो ।

मुक्त हलियाको पुर्नस्थापनामा संघ सरकार र प्रदेश सरकारको खासै ध्यान नगएपनि स्थानिय तहले भने कुनै न कुनै रुपमा मुक्त हलियाका लागी लाभहुने कार्यक्रम सञ्चालन गरेको दशरथचन्द नगरपालिकाका मेयर नरेन्द्रसिंह थापाले बताउनुभयो ।

Indreni

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष लोहारको सभापतित्वमा भएको कार्यक्रममा नगरप्रमुख थापा प्रमुख अतथी रहनुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुका साथै जिल्ला स्थीत सरोकारवाला ब्यक्तिहरुको सहभागीता थियो । (ninglashainionline बाट सभार)

Total
12
Shares
सम्वन्धित समाचार
Total
12
Share