सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ईञ्चार्ज बन्नु, अध्यक्ष बन्नु राम्रो हो, टीका क्षणभरमै नपुछियोस् : रावल

काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले ओली पक्षले गरेको एकलौटी निर्णय एमालेको हीतमा नरहेको प्रष्ट पारेका छन् । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै स्वविवेकी ढंगले एकता गरेकोले यो बीचमा भएका सबै गल्ती ओलीले लिनुपर्ने रावलको भनाइ छ ।

एकतामा अगाडि बढिरहेको एमालेलाई मनपरी रुपमा आफ्नै ढंगले प्रालि बनाउन खोजेको प्रति डा. रावलले आक्रोश व्यक्त गरे । रावलले भने, ‘हामी रहौँला न रहौँला नेपाली कम्युनिष्ट राजनीतिमा आएको परिवर्तन र विरासतलाई पछिल्लो पिढीसम्म हस्तान्तरण गर्न सक्नुपर्छ ।

मुलुक आफै कोरोना संकटमा जगडिएको बेला राजनीतिमा भएको फोहोरी खेलले आफूलाई स्तब्ध तुल्याएको रावलको भनाइ छ । २०७५ साल जेठ ३ गतेपछि भएका तीता अनुभवबाट पाठ सिकेर अगाडि बढ्नुको साँटो प्रतिशोध लिएर जान खोजेको प्रति रावलले दुःख व्यक्त गरे ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

रावलले भने, ‘कोही इञ्चार्ज बनुन्, अध्यक्ष बनुन् उनीहरुको इतिहास र विद्वतालाई जनताले राम्रै मुल्यांकन गरेकै होलान, पार्टीलाई सही रुपमा अगाडि बढाउन उहाँहरुको भूमिका होस् तर, विधि पद्धतीलाई मिचेर खल्तीबाट कसैलाई टीका लगाउन मिल्दैन ।’

डा. रावलले एमालेको विधि, पद्धती र सिद्धान्त आफ्नै भएकोले त्यसैमा हिड्न सक्नुपर्ने बताए । ‘अहिलेले लगाइएको टीका केही दिनमै नपुछियोस्, टीकाको जतन गरेर पार्टीलाई जोगाउन पट्टी लाग्नुहोला, रावलले भने ।’

ओकेजनतासँग कुरा गर्दै रावलले सुदूरपश्चिमका जनतालाई एकिकृत भएर अर्को प्रतिगमनका विरुद्ध बिस्तारै लाग्नुपर्ने सन्देश दिएका छन् । (ओकेजनता बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.