टीकापुरबाट ५५ हजार बढी मूल्य बराबरको अवैध सामान बरामद !!

Sana Kishan
Total
20
Shares

अत्तरिया – प्रहरीले टीकापुरबाट अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका वडा न.७ दिव्यपुरस्थित खाली कच्ची घरको पछाडि अवैध रुपमा भन्सार छली ल्याएको ५५ हजार बढी मूल्य बराबरका सामान बरामद गरेको हो ।

Arus

इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले बेवारिसे अवस्थामा राखिएको अन्दाजी. २१ हजार बराबरको पवन सुर्ती ३ सय पोका, अन्दाजी.२८ हजार ८ सय मूल्य बराबरको २४० केजी प्लाष्टिक झिल्ली, अन्दाजी ४ हजार ८ सय मूल्य बराबरको डवल स्क्रिन टफि ८० पोका र करिब ६ सय रुपैयाँ बराबरको पतांञ्जलि टफि १५ पिस बरामद गरिएको जानकारी दिए । (गोदावरी न्युज बाट सभार)

Indreni
Total
20
Shares
सम्वन्धित समाचार
Total
20
Share