आफन्तले बुझे २० बर्षीया सुनारको शव : शिशु पालन पोषणको जिम्मा सामाजिक संघ संस्थालाई !!

Sana Kishan
Total
10
Shares

महेन्द्रनगर फागुन २८। बुधबार कञ्चनपुर जिल्लाको महाकाली अञ्चल अस्पतालका शल्यक्रिया मार्फत शिसु जन्माए मृत्यु भएकी दोधाराचाँदनी नगरपालिका वडा न.५ शिवनगरकी २० बर्षीय ज्योति सुनारको शव आफन्तले बुझेका छन् ।

Arus

डाक्टरको लापर्वाहीका कारण सुत्केरी आमाको मृत्यु भएको भन्दै ३ दिन देखि महाकालि अस्पतालको शव गृहमा रहेको शव शुक्रबार मात्र आफन्तहरुले बुझेको जिल्ला प्रहरी कार्यलयका पवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए

प्रवक्ता थापाका अनुसार जिल्ला प्रशासन कार्यलयमा भएको छलफल पछि आफन्तले शव बुझन मानेका थिए । शिशु पालन पोषणको जिम्मा सामाजिक संघ संस्थालाई लगाउने सहमतीपछि आफन्तले शव बुझेको थापाले बताए ।

डाक्टरको लापर्वाहीका कारण सुनारको मृत्यु भएको भन्दै आफन्तले शव बुझन मानेका थिएन शुक्रबार पनि पिडीत पक्षले अस्पतालको गेटमा तालाबन्दी गर्न खोजेका थिए ।

Indreni

तर बल प्रयोग गरेर तालाबन्दी गर्न रोकेपछि आक्रोशित आफन्त गेटमै लम्पसार सुतेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको थियो ।आफन्तले शव बुझेपछि अस्पतालको अवसथा सामान्य रहेको छ ।

 

(आभाषकुञ्जबाट साभार)

Total
10
Shares
सम्वन्धित समाचार
Total
10
Share