रुडेसको कार्यक्रमः रोजगारीको लागी भारत जाने कामदारको बिषयमा मुख्यमन्त्रीसँग बैठक !!

Sana Kishan
Total
66
Shares

रोजगारीको लागी भारत जाने नेपाली श्रमिकहरुको बिषयमा रुडेस बैतडीले सिकाई आदानप्रदान बैठक सम्पन्न गरेको छ । कैलालीमा मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा ग्रामीण विकास तथा वातावरण व्यवस्थापन समाज (रुडेस) बैतडीको आयोजनामा तथा अक्सफामको सहयोगमा अन्तरक्रिया तथा सिकाई आदानप्रदान बैठक सम्पन्न गरेको हो ।

Arus

कार्यक्रममा सुदूरपश्चिम प्रदेसका मुख्य मन्त्री सहित समाजिक बिकास मन्त्री कृष्ण राज सुबेदी, उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री माया भट्ट, भुमि ब्यवस्था तथा कृषी सहकारी मन्त्री बिनिता चौधरी, बैतडीको पाटन नगरपालिकाका नगर प्रमुख केसव बहादुर चन्द, रुडेसका प्रमुख गोबिन्दराज जोसीलगायत सारोकारवाला निकायको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागिहरुले भारत जाने कामदारहरुको सुरक्षाको लागि बिमा कार्यक्रमलाई अनिवार्य गर्नुपर्नेमा जोड दिएका थिए । रुडेस बैतडीले जिल्लामा आर्थिक उत्थानशीलता कार्यक्रम अन्तरगत भारत जाने कामदारहरुको बिमा गर्र्दै आएको थियो ।आजको बैठकमा आर्थीक उत्थानसिल कार्यक्रमको पनि समिक्षा गरिएको कार्यक्रम संयोजक गोपाल भाटले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री भट्टले प्रदेस सरकारले भारत जाने कामदारहरुको बिषयमा सम्बेदनसिल बनेको र भारतजाने कामदार लक्षीत कार्यक्रम ल्याउने मुख्यमन्त्री भट्टको भनाई उदृत गर्दै कार्यक्रम संयोजक भाटले जानकारी दिनुभयो ।

Indreni

बैतडीका ९ र दार्चुलाको १ वटा ठाउँमा गरि १० ठाँउबाट रेमिटेन्स सेवा पनि सुरु भइसकेको रुडेस बैतडीका प्रमुख गोबिन्द जोसीले जानकारी दिनुभयो । रेमिट्ेयान्स कार्यक्रमबाट भारतमा रहेका कामदारहरुले सहजै पैसा पठाउन र पाउने गरेका छन । (कृष्ण बिष्टले radio7star मा लेखेका छन्)

Total
66
Shares
सम्वन्धित समाचार
Total
66
Share