सहकारी संस्थाद्वारा महिलाहरुलाई आत्म निर्भर बनाउन बाख्रा वितरण !!

Sana Kishan
Total
14
Shares

बैतडीको एक सहकारी संस्थाले महिलाहरुलाई आत्म निर्भर बनाउने उदेश्यले बाख्रा वितरण गरेको छ । भूमिमा महिला कृषि सहकारि संस्था लिमिटेड बैतडीले महिलाहरुलाई बाख्रा वितरण गरेको हो ।

Arus

प्रदेश सरकाको सहयोगमा संस्था द्धारा सञ्चालित बाख्रा पालन कार्यक्रम अन्तरगत ४० जना महिलाहरुलाई बाख्रा वितरण गरिएको भूमिमा महिला कृषि सहकारि संस्था लिमिटेडकी अध्यक्ष सरस्वती नेपालीले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको भुमि व्यवस्था तथा गरिबि निवारण सहकारी मन्त्रालयको सहयोगमा दशरथचन्द नगरपालिका वडा नं ४ भित्रका ४० जना महिलाहरुलाई एक ÷एक बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो ।

बैतडीको क्षेत्र नं२ बाट निर्वाचित प्रदेश साँसद लिलाधर भट्टको विशेष पहलमा मन्त्रालयबाट उपलब्ध बजेटले बाख्रा खरिद गरेर वितरण गरिएको उहाँले बतानुभयो । वडा नं ४ भित्रका टोलहरु जर्ग , तोलि , तिरगाउ , दुदखोला , साहिलेक, गढी, भुलपानी बाढीलेकका महिलाहरुलाई बाख्रा वितरण गरिएका छन ।

बिहीबार प्रदेश साँसद भट्टकै उपस्थीतीमा महिलाहरुलाई बाख्रा वितरण गरिएका हुन । भुमिमा महिला कृषि सहकारि संस्था लिमिटेडले सो कार्यक्रम घुम्तीको कोषको रुपमा सञ्चालन गरेको उहाँले बताउनुभयो ।

Indreni

बाख्राको सङखयामा वृद्धि हुँदै गएपछि संस्थाका अन्य सदस्यहरुलाई पनि वितरण गरिने बताइएको छ । बाख्राका पाठापाठी उत्पादन भएपछि अहिले पाएका महिलाहरुले फिर्ता दिनुपर्ने र सो दिएका बाख्रा अन्य महिलाहरुलाई पनि वितरण गरिने बताइएको छ । (रेडियो बैतडी बाट सभार)

Total
14
Shares
सम्वन्धित समाचार
Total
14
Share