सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गर्भवती महिलाले भुलेर पनि खान नहुने यी कुराहरू !!

गर्भावस्था एक महिला र उनको भ्रुणको लागि निकै नाजुक अवस्था हो । त्यसकारण यदि तपाईं गर्भवती हुनुहुन्छ भने आफूले खाने प्रत्येक कुराको अतिरिक्त ध्यान दिन आवश्यक छ । गर्भावस्थामा तपाईंको प्रतिरोधी क्षमतामा ह्रास ल्याइदिन्छ जसका कारण तपाईं र तपाईंको बच्चा ब्याक्टेरिया र भाइरसले सजिलै आक्रमण गर्न सक्छन् । गर्भावस्थामा केही यस्ता खानेकुरा छन् जसलाई खानबाट बच्नुपर्छ । आफ्नो बच्चा स्वस्थ र सुन्दर होस् भन्ने चाहनुहुन्छ भने गर्भावस्थामा खान नहुने खानेकुराबारे यहाँ दिइएको जानकारी पढ्नुहोस् ।

मेवा नखानुहोस्ःगर्भावस्थामा मेवा खाने नखाने भन्ने बारे थाहा छैन भने यसको उत्तर हो ‘हुँदैन’ । मेवा खाँदा चाँडै प्रसव पीडा हुने र गर्भ तुहिने श्रीलङ्का, बंगलादेशसहित विभिन्न देशका महिलाले बताउँदै आएका छन् जुन आंशिक रुपमा वास्तविक हो । विशेषगरी काँचो र थोरै पाकेको मेवामा ल्याटेक्स नामको तत्व पाइन्छ जसले गर्भाशय संकुचन गराउने गर्दछ ।

मेवालाई विशेषगरी गर्भावस्थाको तेस्रो र अन्तिम त्रैमासिकमा खानु हुँदैन । यद्यपी, पाकेको मेवा गर्भावस्थामा उत्कृष्ट मानिन्छ । पूर्ण रुपमा पाकेको मेवा भिटामिन सी र अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले गर्भावस्थामा हुने मुटु पोल्ने र कब्जियतको समस्याबाट पार पाइन्छ । मेवा, मह र दुधको सम्म्रिण स्तनपान गराउने महिलाका लागि निकै फाइदाजनक मानिन्छ ।

World Link Ads
Mahakali Polytechnic

भुईंकटर नखानुहोस्ःगर्भावस्थामा भुईंकटर खानबाट बच्नुहोस् । भुईंकटर ब्रोमेलेन तत्व पाइन्छ जसले गर्भाशयलाई नरम बनाएर चाँडै ब्यथा लाग्ने बनाउँछ । यसलाई विशेषगरी पहिलो त्रैमासिकमा खानुहुँदैन । भुईंकटरको जुस अत्यधिक पिउँदा समय हुँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुन सहयोग गर्ने बताएका छन् । त्यसकारण गर्भवती हुँदा आफूलाई र आफन्तलाई भुँइकटर खानबाट जोगाउनुपर्छ ।

Sana Kishan

अंगुरःगर्भावस्थामा अंगुर खाने नखाने भन्ने विषय विवादास्पद बनेको छ । केही स्वास्थ्य क्षेत्रमा लागेका विज्ञहरुले गर्भावस्थामा अंगुर खान नहुने बताउँछन् भने कतिले खान नहुने भनी सुझाउँछन् । अंगुरमा किराहरुले नखाओस् भन्नका लागि छरिने किटनाशक औषधी अत्यधिक प्रयोग हुने भएकाले धैरैले यसलाई नखान नै सल्लाह दिन्छन् ।

अंगुरमा पाइने रेस्भेरेट्रोल तत्वले गर्भवती महिलामा विषाक्त फैलाउने काम गर्दछ । तर गर्भावस्थामा अंगुर खाँदा आवश्यक पोषक तत्व जस्तै भिटामिन ‘ए’ र ‘सी’ पाउने गर्दछन् । त्यसकारण यो फल खानुभन्दा पहिले आफ्नो डाक्टरसँग खाने नखाने भन्ने बारे सल्लाह लिनुहोस् ।

राम्रोसँग नपखालिएका काँचो फलफूल नखानेःएक गर्भवती महिलाका लागि सबैभन्दा महत्वपूर्ण सल्लाह भनेको राम्रोसँग नपखालिएका काँचो फलफूल नखाने । गर्भावस्थामा टोक्सोप्लास्मोसिसको संक्रमण नहोस् भन्नका लागि फलफूलको स्वच्छतामा विशेष ध्यान दिनुपर्छ । गर्भावस्थाको डाइटमा फलफूललाई विशेष स्थान दिनुपर्छ तर यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्भावस्थामा केही जटिलता ननिम्तियोस् भन्नका लागि र्भुंइकटर र मेवा धेरै मात्रामा खानु हुँदैन । (gnewsnepal बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.