माओवादी केन्द्रको पार्टी कार्यालय उद्घाटन

Sana Kishan
Total
30
Shares

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ । सर्वोच्च अदालतको आदेशपछि नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि पार्टी कार्यालय खोलिएको हो ।

Arus

महेन्द्रनगरस्थित पार्क नजिक जानकीटोलमा माओवादी केन्द्रको जिल्ला कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्रका नेता सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी सहित नेताहरु देबेन्द्र ढुङ्गाना, नवराज ऐर, सीमा जैसी लगायत जनप्रतिनिधि, जन वर्गीय संगठनका पदाधिकारी, नेता कार्यकर्ता सहभागी भएका छन् ।

कार्यालय उद्घाटनपछि अहिले नेताहरु मन्तव्य राखि रहेको अखिल क्रान्तिकारीका नेता सुरेश भट्टले जानकारी दिए ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष बीर बहादुर थापा पातल भने कार्यालय उद्घाटन कार्यक्रममा अनुपस्थित भएका छन् । उनी एमाले माओवादी केन्द्र एकीकरणछि नेकपाको जिल्ला अध्यक्ष भएका थिए ।

Indreni

प्रधानमन्त्रीले पुस ५ मा संसद विघटन गरेपछि तत्कालिन ओली समूहमा लागेका थापा माओवादी केन्द्र फर्कने वा एमाले भित्रिने निर्णय टुङ्गो पुगेका छैन् ।

सर्वोच्च अदालतले एमाले माओवादी केन्द्र ब्युताएपछि एमालेले आफ्नो पुरानो पार्टी कार्यालय मदन आश्रित सदनबाट नेकपा हटाएर आफ्नो पार्टी कार्यालय सञ्चालनमा ल्याई सकेको छ ।  बिकल्प दैनिक

Total
30
Shares
सम्वन्धित समाचार
Total
30
Share