सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमालेको केन्द्रीय कमिटी बस्दै, यस्तो छ बहुमतको अंकगणित

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आगामी चैत १ गते बोलाउने तयारी गरेको छ ।

केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।

उनले भने, ‘आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीनका साथ भन्न सकिन्छ ।’ सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।

World Link Ads
Mahakali Polytechnic

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

Dirghayu Ads
Sana Kishan

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।

अहिलेको अवस्थामा पार्टी उपाध्यक्ष बामदेव गौतम पनि एमालेमा फर्किसकेका छन् । अबको उनको भूमिका कस्तो रहने भन्नेबारे स्पष्ट भइसकेको छैन ।

केन्द्रीय कमिटी बोलाउनुपर्ने मागसहित एमालेको माधव नेपाल पक्ष दबाब सिर्जना गरिरहेको छ । ओकेजनता डेस्क

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.