सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले केन्द्रीय कमिटी बैठक आह्वान, यस्तो छ एजेण्डा

काठमाडौं फागुन २८ । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको परामर्शमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठक बोलाउनु भएको हो ।

बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित र त्यसपछि मनोनित केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् । बैठकको रणनीति र एजेण्डाहरु तय गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेताहरुसँग परामर्श अघि बढाउनु भएको छ । यसबीचमा आफ्नो पक्षमा उभिनुभएका पुनःस्थापित माओवादी केन्द्रका नेताहरुसँग पनि उहाँले छलफल गर्नुभएको छ ।

Sana Kishan

ती नेताहरुलाई नेकपा एमालेको केन्द्रीय कमिटी र माओवादी केन्द्रबाट जोडिएका अन्य नेता कार्यकर्तालाई बिभिन्न कमिटीहरुमा समायोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लगिने भएको छ ।

World Link Ads
Mahakali Polytechnic

बैठकको मिति तय भएसँगै प्रधानमन्त्री ओलीले आज पनि आफू निकट नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाउनु भएको छ । माधव नेपाल पक्षसँग भने ओलीले अहिलेसम्म छलफल गर्नुभएको छैन । प्रचण्डको रणनीतिअनुसार गुटका बैठक र भेलाहरु जारी राखेपछि प्रधानमन्त्री ओलीले माधव पक्षसँग छलफल नगर्नुभएको हो । janatatimes

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.