मिनी बस दुर्घटनामा परि दुई जनाको मृत्यु !!

Sana Kishan
Total
44
Shares

दैलेख : कर्णाली राजमार्गमा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको आठबीस नगरपालिका–१ स्यालाघाटमा बस दुर्घटनामा परेको हो। कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०२४७ नम्बरको मिनी बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो।

Arus

मिनी बस सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले जानकारी दिए। उक्त गाडीमा २१ जना सवार रहेको प्रहरी निरीक्षक तेलीको भनाइ छ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। प्रहरी निरीक्षक तेलीका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका ३८ वर्षीया जितेन्द्रबहादुर शाही र कालिकोट कै नरहरीनाथ गाउँपालिकाका २१ वर्षीया कमल विकको मृत्यु भएको हो।

शाहीको घटनास्थलमै र विकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी १० जना गम्भीर घाइते छन् भने ६ जना सामान्य घाइते छन्। दुर्घटनाका घाइतेको सुर्खेतमा उपचार भइराखेको छ।
डुबेर एकको मृत्यु

त्यसैगरी दैलेखमै पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको नारायण नगरपालिका वडा नम्बर ११ को बीचमा पर्ने लोहोरे खोलाको लाटामरे रहमा पौडी खेल्ने क्रममा अछामको चौरपाटी गाउँपालिका ५ लुंग्राका २१ वर्षीय विरेन्द्र भुलको मृत्यु भएको दैलेखका प्रहरी निरीक्षक राजेशकुमार तेलीले बताए।

Indreni

उनि राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्ग निर्माणमा मजदुरी गर्न दैलेखमा आएको थिए। भुल पौडी खेल्ने क्रममा डुबेको भन्ने सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट लोहोरेबाट खटिएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि दैलेख अस्पताल पठाएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।

 

(annapurnapost.com बाट साभार)

 

Total
44
Shares
सम्वन्धित समाचार
Total
44
Share