जीप दुर्घटनाः एकको मृत्यु, पाँच गम्भीर घाइते !!

Sana Kishan
Total
28
Shares

बागलुङ : जिल्लाको तमानखोला गाउँपालिकामा जीप दुर्घटना भएको छ । ढोरपाटनको बुर्तिबाङ बजारदेखि तमानखोलाको बुंखानीहुँदै पहिरा भन्ने स्थानमा जाने क्रममा ग १ ज ५७०५ नम्बरको पिकअप जीप महवीर गैरामा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

Arus

मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा तमानखोला १ का २५ वर्षीय कोपिल रसाइली, सोही स्थानका ३५ वर्षीय दमे विक, २२ वर्षीय सुशिल रसाइली, २५ वर्षीय किरण विक, १२ का गोपाल विक र १७ वर्षीया मिना रसाइली छन् ।

घाइतेमध्ये गम्भीर ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा लगिएको छ भने दुईजनालाई पनि हेलिकोप्टरमार्फत पोखरा लैजाने तयारी भइरहेको छ । घाइतेको टाउको, हात र खुट्टामा चोट लागेको छ । पिकअप बाटोदेखि करिब ३५ मिटर तल खसेको

 

Indreni

(दिल शिरीषले annapurnapost.com बाट साभार)

Total
28
Shares
सम्वन्धित समाचार
Total
28
Share