सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आवेदन दिने म्याद एकदिन बाँकि हुदै ज्योति लाइफको आईपिओमा नयाँ रेकर्ड !!

ज्योति लाइफ इन्स्योरेन्स ले सर्वसाधारणको लागि निष्काशन गरेको आइपीओमा हालसम्म कै बढी आवेदन परेको छ । कम्पनीको आईपिओमा आज साँझ सम्ममा १५ लाख ७० हजार ४ सय १४ जना आवेदकबाट ३ करोड ३४ लाख ६७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

लगानीकर्ताको संख्याको हिसाबमा कुनै पनि आईपिओमा साढे १५ लाख बढीको आवेदन परेको यो नै पहिलो पटक हो । यस अघि महिला लघुवित्तको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । आवेदन दिने समय एक दिन बाँकि रहदै ज्योति लाइफले सो रेकर्ड तोडेको हो ।

शुक्रबारबाट खुलेको कम्पनीको आईपीओमा शुक्रबार नै २ लाख ८८ हजार ५५५ आवेदकबाट ७३ लाख ८५ हजार ५९० कित्ताको लागि आवेदन परेको थियो । ज्योति लाइफले फागुन २१ गतेदेखि १०० अंकित दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषहरुलाई र ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई सुरक्षित गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

बाँकि रहेको ५९ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्। लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्ने छन् । फागुन २४ गते महिला दिवस र २२ गते शनिवारको सार्वजनिक विदा परेकोले कम्पनीको आईपिओ कुल ६ दिन बिक्रि खुला रहने भएको हो । लगानीकर्ताले मेरोशेयर अनलाइनबाट र सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने छन् ।

आईपिओ निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २ अर्ब २० करोड पुग्नेछ । (bizpati बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.